इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोप विरुद्धको राहत कोषमा दुई लाख रूपैयाँ सहयोग घोषणा गरेका छन् ।
पूर्वमन्त्री सुब्बाले आफ्नो नीजि होटल चिन्तन चौतारी क्वारेन्टाइन सेवाका लागि उपलब्ध गराउने पनि जानकारी गराएका छन् । यस क्रममा स्थानीय सरकारसँग सहकार्य गर्ने बताइएको छ ।
इटहरी नगरबासी द्वारिकालाल चौधरीले जनाएअनुसार, राप्रपा नेता सुब्बाले एकान्तबासमा बसेका जनसाधारणलाई खाना खुवाउने प्रबन्धसमेत मिलाउने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया