बर्खास्त भए लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टर, यस्तो छ कारण

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको स्रोतले जनाएको छ ।

कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै उनीहरुलाइृ बर्खास्त गरिएको हो ।

सरकारले अति संवेदनशील बाहेक स्वास्थ्यकर्मीलाई निरन्तर सेवामा खटिनु भन्दै निर्देशन दिएको थियो ।

अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर हुनुभएको थिएन नभएकाले उनीहरुलाई हटाइएको हो ।

साथै सामाजिक विकास मन्त्री सुदर्शन बरालले तत्काल बर्खास्त गर्न निर्देशन दिएसँगै उनीहरुलाई सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?