काठमाडौं । विश्वभर अहिलेसम्म कोरोना भाइरसका १५ लाख २१ हजार ८०९ जना संक्रमित रहेका छन् भने, ८८ हजार ६५३ जनाको भाइरसको प्रकोपबाट मृत्यु भएको छ ।
त्यस्तै ३ लाख ३४ हजार १७० जना उपचार पछि घर फर्किएका छन् । कोरोनाको महामारीलाई मध्य नजर गर्दै बिभिन्न देशहरुले लकडाउन गरेका छन् ।
साउदी अरबमा पनि यसबेला लकडाउन गरिएको छ र त्यहाँका मानिसहरुलाई घरबाट निस्कनु पहिला पुलिसको अनुमति चाहिने नियम बनाइएको छ ।
यसैबीच एउटा अनौठो समाचार सार्वजनिक भएको छ । एक व्यक्तिले पुलिसलाई फोन गरेर आफ्नो श्रमितीसँग आउन जानको लागि अनुमति माग्न कल गरेको खबर अहिले अत्याधिक भाइरल बनिरहेको छ ।
ट्राफिक डिपार्टमेन्टका डाइरेक्टर बिग्रेडर स्याफ मुह्यारलाई एक व्यक्तिले फोन गरेर उनीसँग आफ्नी एक श्रीमती भएको ठाउँबाट अर्काे श्रीमती भएको ठाउँमा जानका लागि अनुमति चाहिएको भन्दै कल गरेका थिए ।
उक्त खबर बाहिरिएपछि सामाजिक सञ्जालमा हाँसी मजाकको विषय बनेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया