काठमाडौं । कैलाली र कञ्चनपुरबाट संकलन गरिएको एक सय ९८ जनाको नमुना मध्य ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिए ।
धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ९८ जनाको नमुना मध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया