मुम्बई । बलिउडमा प्रेम र डिभोर्सले चर्चा पाइनै रहन्छ । हामी यो पटक चर्चित तीन जोडीको डिभोर्सको चर्चा गर्न गइरहेका छौं । जुन डिभोर्स निकै महंगो साबित भएको थियो बलिउडमा सैफ अली खान र अमृता सिंहको डिभोर्सले बलिउडमा हंगामा नै मच्चायो । सैफले अमृता सिंहका साथ १९९१ मा बिबाह गरेका थिए । डिभोर्स गर्दा सैफले अमृतालाई आधी सम्पती र पाँच करोड रुपया दिएका थिए यस्तै ऋतिक रोशन र सुजैनबीचको डिबोर्स खबरले बलिउडमा ठुलै चर्चा पाए । डिबोर्सको खबर ऋतिले नै सार्वजनिक गरेका थिए । २००० मा बिबाह गरेका यी जोडी २०१४मा अलग भए । डिभोर्सको समय सुजैनले ऋतिकसँग ४०० करोड माग गरेकी थिइन् । तर पछि कति दिए भन्ने नखुलाए पनि मोटो रकम तिरको चर्चा छ यता अरबाज खान र मलाइका अरोडाबीचको डिभोर्स हालै भएको हो । १२ डिसेम्बर १९८८ मा बिबाह गरेका यी जोडी १८ बर्षपछि २०१७ मा अलग भए । डिबोर्सको समय मलाइकाले अरबाजसँग १५ करोड र एक प्लाइट लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया