काठमाडौं । कोरोना भाइरसले सारा विश्वलाई आफ्नो प्रकोपबाट ग्रस्त बनाएको छ । यसका कारण अतुलनिय क्षति भएको छ । संसारभरका वैज्ञानिक र डाक्टरहरु यसको उपचार पद्धति र यसविरुद्धको भ्याक्सिन खोजी तथा जाँच गरिरहेका छन् । महामारी शुरु भएको पूरा १०० दिन बितिसक्दा पनि कुनै उपलब्धि हासिल नहुनुले कतै यो मिडियाको रिपोर्टमा जनाइए जस्तो जैविक युद्ध त होइन भन्ने आशंका अझ बलियो भएर गएको छ । त्यसमाथि विश्वका शक्तिशाली राष्ट्रहरुले आर्थिक विकासको सूूचकांकमा तलमाथि हुने बित्तिकै बिभिन्न रुपमा लिने बदलाले शक्तिराष्ट्रहरुको युद्धमा अरु स-साना मुलुक मिचिएका उदाहरणहरु इतिहासले देखाईरहेको छ ।
कोरोना भाइरसलाई प्राकृतिकरुपमा उब्जिएको भाइरस भन्दा पनि ल्याबमा टेस्ट गरिँदा बाहिरिएको भन्नेहरुको जमात एकातिर छ भने अर्को तिर चीन र अमेरिका यी दुई देशमध्ये एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै यो भाइरस कुन देशबाट आयो भन्नेमा पनि दुई मत छ ।
कोरोनाको महामारीबाट सारा मानिसहरु डराएका छन् । धेरै मानिसहरुले चीनको वुहान शहरलाई कोरोना भाइरसको उद्गमस्थल मान्ने गरेका छन् ।
चीनको एक सुपर कम्प्युटरले कोरोनाको महामारी चीनबाट नभई अमेरिकाबाट भएको बताएको छ ।
कम्प्युटरले कोरोना भाइरस अमेरिकाको एक अस्पतालमा गएको वर्ष रहस्यमयी निमोनियाबाट शुरु भएको हुनसक्ने बताएको हो ।
चीनको तियानजिनस्थित नेशनल सुपर कम्प्युटर सेन्टरको तियान-१ मेसिनले एक तस्वीर सार्वजनिक गरेको छ । फोटोमा अमेरिकामा गएको वर्षको जुलाईमा गम्भीर बिरामी भएका एक अमेरिकी नागरिकको फोटो देखिएको छ ।
उक्त तस्वीरका साथै उक्त व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने कुरा सुपर कम्प्युटरबाट पत्ता लागेको हो ।
रिपोर्टका अनुसार बिरामीका दुई वटै फोक्सोको तल्लो भागमा सेतो वस्तु पाईएको थियो । उक्त वस्तु कोरोनासँग बिल्कुलै म्याच हुन्छ ।
कम्प्युटरद्वारा जारी गरिएको विज्ञप्तिमा उक्त कम्प्युटरले कोरोनाको उद्गमस्थल अमेरिका भएको बताएको हो ।
उक्त संक्रमित व्यक्ति नर्थ क्यारोलिनाको ‘वेकमेड अस्पताल’मा भर्ना भएका थिए । उनको फोक्सोमा गम्भीर समस्या देखा परेपछि उनी अस्पताल पुगेका थिए ।
उनलाई श्वासफेर्न गाह्रो हुने, बान्ता हुने, पेट दुख्ने, र खोकी लाग्ने समस्या रहेको थियो । यी सबै लक्षण कोरोनासँग मिल्ने भएकोले चीनको सुपरकम्प्युटरले कोरोना भाइरस चीनबाट नभई अमेरिकाबाट फैलिएको हुनसक्ने कुरा पत्ता लगाएको छ ।
साथै सुपर कम्प्युटरले ७७ वटा उपचार पद्धतिहरु पनि बताएको छ ।
तर वेकमेडमा उक्त बिरामीहरुको परिक्षण गर्ने मेडिकल टिमका डाक्टर केविन डेविडसनले चीनको सुपरकम्प्युटरबाट निस्किएको नतिजा अस्वीकार गरेका छन् ।
उनले भने, ‘सुपर कम्प्युटरबाट सायद केहि गल्ती भएको हुनुपर्दछ, किनभने क्याट इमेजमा यसले जुन फिचर्सको पहिचान गरेको थियो, त्यो विल्कुलै फरक थियो। युनिक थिएनन्, यस प्रकारका लक्षणहरु विभिन्न किसिमका संक्रमणमा पाइने गर्दछ ।’
उनले थपे, ‘अन्य भाइरल संक्रमण, ड्रग स्मोकिङ, आटोइम्युन लंग डिसीज तथा प्रदूषित वातावरणको सम्पर्कबाट पनि यस्तै किसिमका लक्षणहरु देखा पर्दछन् । चीनको सुपर कम्प्युटर तियानले जुन लक्षणको पहिचान गरेको छ, त्यो कोरोना भाइरस र वेपिंगका संक्रमितसँग कमन हुन सक्दछ ।’
हामीसँग ति बिरामीसँगै ५ संक्रमितहरु अस्पताल आएका थिए । उनीहरु १८ देखि ३५ वर्षको उमेर समुहका थिए । उनीहरुमा त्यस्तो केहि संक्रमण थिएन, हाम्रो अस्पतालमा सन् २०१९ मा आएका उक्त बिरामीहरु पछि फेरी कोहि पनि त्यस्तो संक्रमण भयो भनेर आएका छैनन् । र उनीहरुलाई पनि हामीले निको पारेर पठाएका थियौँ ।
युएस नेशनल इन्स्टिट्युट अफ हेल्थका डाइरेक्टर डा. फ्रान्सिस कोलिन्सका अनुसार, कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हुनसक्छ, केहि वर्ष पहिला जनावरमा आएको र अहिले मानिसमा सरेको हुनसक्छ ।
उनले थपे, केहि दशक तथा वर्षमा बिस्तारै बिस्तारै यसले आफ्नो रुप बदलेको हुनसक्ने, फेरी एक मानिसबाट अर्काे मानिसमा संक्रमण फैलिने र भाइरसले गम्भीर बिरामी बनाउने क्षमता विकास गरेको हुनसक्छ ।
वैज्ञानिकहरुको तर्क छ कि, कोरोना भाइरस जुन क्षमताले मानव कोशिकाहरुमा जोडिरहेको छ, त्यो भाइरस जनावरमा पाइने भाइरसमा भने भेटाइएको छैन ।
चीनले कोरोना भाइरसका बिरामीहरुको पहिचानका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिरहेको छ । उक्त प्रोजेक्टसँग जोडिएका वैज्ञानिकहरुले सुपरकम्प्युटरको एक्युरेशी ७६ प्रतिशत रहेको बताएका छन् ।
त्यति मात्रै होइन, सुपर कम्प्युटरले म्यानुअल गरिएका ओरल स्वाब टेस्टका गलत रिजल्ट पनि सहि परिक्षण गर्न सफल भएको थियो ।
कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ९५ हजार ७५१ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १६ लाख ५ हजार २७७ पुगेको छ ।
त्यस्तै निको भएर घर फर्किनेको संख्या ३ लाख ५६ हजार ९३५ रहेको छ । विश्वमा महामारीका कारण ४९ हजार १४३ जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया