काठमाडौं । अमेरिकामा कोरोना भाइरसको रोकथामका लागि बनाईएको टास्कफोर्समा सामेल रहेका डाक्टर एन्थनी फाउचीले विश्व अब सायद कहिल्यै कोरोना भाइरसको खतराबाट पूरारुपमा राहतको श्वास फेर्न नसक्ने बताएका छन् ।
उनले भने, ‘कोरोना भाइरसको खतरा कम भएपछि बिस्तारैबिस्तारै हामी एक समाजको रुपमा सक्रिय हुन्छौँ, तर तपाईलाई यदि कोरोना भाइरस आउनु पूर्वको जस्तो महोल हुन्छ भन्ने तपाईलाई लाग्छ भने त्यो सरासर झुटो छ, त्यो अब कहिल्यै सायद नहुन सक्छ ।’
फाउचीले भने, ‘केहि थ्यौरी र भ्याक्सिनमा काम भईरहेको छ, जसका कारण विश्वास गर्न सकिन्छ कि, हामी अहिलेको यो भयावह स्थितिमा फेरी दोहोर्याएर फर्किदैँनौँ ।’
नेशनल इन्स्टिट्यूट अफ हेल्थमा संक्रामक बिरामीहरुका एक्सपर्ट्स डा. एन्थनी फाउचीलेले भने, यदि भ्याक्सिन विकसित भयो भने पनि भाइरस पहिलेको जस्तो सामान्य स्थितिमा फर्किदैन, किनभने त्यसको खतरा रहिरहेको हुन्छ ।
यो भन्दा पहिला पनि फाउचीले एक बयानमा भनेका थिए, कोरोना भाइरसको संक्रमण हरेक वर्ष सिजनल बिरामीहरुको रुपमा फेरी देखिन सक्छ ।
अमेरिकी विशेषज्ञका अनुसार, यस वर्ष पूरा पृथ्वीबाट भाइरस नष्ट गर्न असम्भव छ । यसको मतलव यो हो कि, आउने फ्लू सिजनमा कोरोनाको संक्रमण फेरी महामारीको रुपमा फैलिन सक्छ ।
फाउचीले भने, ‘यदि सबै कुरा सामान्य भएको भन्ने मतलव यो हो कि, मानिसहरु कोरोना भाइरसलाई भुल्नेछन्, कुनै पनि बेला कोरोना भाइरस जस्तो समस्या थियो । तर मलाई यसरी सम्झिने अवस्था आउने छैन । प्रकोप अघिल्लो फ्लू सिजनमा पुनः आफ्नो प्रकोप बढाएर फैलिन सक्छ । यस्तो बेला त्यहि समयमा मात्र सम्भव छ, जुन बेला हामी कोरोना भाइरसविरुद्धको औषधि सारा विश्वलाई दिएर सुरक्षित गर्न सक्छौँ तब मात्र कोरोना नष्ट भएर जानेछ ।
फाउचीले भने, अन्तिममा गएर कोरोनाको महामारी भ्याक्सिन तयार भएपछि मात्र रोकिनेछ ।’
कोरोना भाइरस अहिलेसम्म विश्वका २१० वटा देशहरुमा फैलिईसकेको छ ।
साथै विश्वमा कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म ९६ हजार ३६५ जनाको ज्यान गएको छ भने १६ लाख १० हजार ५५ जनामा भाइरसको संक्रमण रहेको छ । त्यस्तै विश्वभर ३ लाख ५८ हजार ६०५ जना उपचार पछि निको भएका छन् । ह्वाईट हाउसका अधिकारीहरुले अमेरिकामा एक लाख देखि अढाई लाख भन्दा धेरैको मृत्यु हुन सक्ने अनुमान लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आउँदो केही हप्ता मुस्किल रहेको बताएका थिए ।
फाउचीले भने, ‘चाहे जसले जे अनुमान लगाए पनि हामी मृतकको आँकडा कम गर्न सक्छौँ ।’
राष्ट्रपति ट्रम्पले पनि आफ्ना नागरिकहरुमा कोरोनाको प्रभाव चाँडै नष्ट गर्ने आशा दिलाएका छन् ।
ट्रम्पले भने, वर्तमानमा १० औषधिहरुको ट्रायल चलिरहेको छ, र ति मध्ये केहि अत्याधिक सफल भईरहेको पाईएको छ, ति औषधिहरुको पूरा प्रक्रिया सकिएपछि त्यसमा हामी सफल बन्न ढिला नहुने बताएका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया