काठमाडौं । देशभरका अदालत लकडाउन खुलाएको तीन दिनपछिमात्र खुल्ने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार विज्ञप्ति जारी गर्दै लकडाउनको अवधि समाप्त भएपछि मात्र अदालत खोल्ने भएको जनाएको छ ।
सरकारले कोरोना महामारी थप जोखिम नहोस भन्नका लागि चैत ११ गतेबाट १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । साथै चैत १६ गते गरेको मन्त्रीपरिषद्को बैठकले चैत २५ गतेसम्म पुनः लकडाउनको अवधि लम्बाएको थियो । त्यस्तै विश्वमा नै भयावह भएको तथा नेपालमा पनि ९ जना कोरोना संक्रमित भइसकेको कारणले गर्दा फेरि बैशाख ३ गतेसम्मको लागि लकडाउन घोषणा गरेको थियो ।
त्यस्तै देशभर लकडाउन समाप्त भएपछि मात्र अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी तीन दिनपछि मुद्दाको नियमित सुनुवाई हुने जनाएको भएको हो ।
यसअघि सरकारले चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ३ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले जनाएको छ ।
हाल सरकारले वैशाख ३ सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको छ । साथै त्यसपछि पनि सरकारले लकडाउन थपेमा सोही अनुरुप अदालतले जनाएको छ । बन्दकै बीच पनि बन्दी प्रत्यक्षीकरणको निवेदन तथा गम्भीर प्रकृतिका कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई तथा पक्राउ अनुमति तथा जरुरी पक्राउ पुर्जीको समर्थनका काम निरन्तर रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया