स्वास्थ्य मन्त्रालय भन्छ: ‘स्वास्थ्यकर्मीको तलब काटिएको छैन’

काठमाडौं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि बनाएको कोरोना कोषमा स्वास्थ्यकर्मीको तलब नकाटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रवारको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले चिकित्सक तथा स्वास्थ्यकर्मीको तब कट्टी नगरिएको बताएका हुन् ।

चैत ११ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गत चैत ११ गते बसेको मन्त्रीपरिषदको बैठकले गरेको थियो ।

मन्त्रीपरिषदको निर्णय भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी नगरेको डा। देवकोटाले बताएका छन् ।

साथै स्वास्थ्य मन्त्रालयले कुनै त्यस्तो किसिमको निर्देशन जारी नगरेको र सबै स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न समेत अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?