काठमाडौं । चमेरो, सर्प र प्यांगोलिन (कमिला खाने एक जीव) यी जीवहरु मध्ये कुनबाट कोरोना भाइरस मानिसमा सर्यो यो कसैलाई थाहा छैन । तर संसारका वैज्ञानिकहरु कुन जीवबाट मानिसमा सरेको थियो भन्ने पत्ता लगाउन उक्त जीवहरुको अनुसन्धान गरिरहेका छन् ।
कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा ९६ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । नयाँ थ्योरीका अनुसार लगभग आजभन्दा १०/१५ वर्ष पहिला देखि नै भाइरसले मानिसहरुमा संक्रमण फैलाईरहेको थियो ।
क्यालिफोर्नियाको स्क्रिप्स युनिभर्सिटी, कोलम्बिया युनिभर्सिटी, युनिभर्सिटी अफ सिड्नी र तुलेन युनिभर्सिटीका शोधकर्ताहरुले एक थ्योरीमा कोरोना भाइरस आजभन्दा लगभग १०/१५ वर्ष पहिलादेखि मानिसहरुलाई संक्रमित र ग्रस्त बनाईरहेको छ । तर यसभन्दा पहिले भाइरसबाट कसैको मृत्यु भएको थिएन ।
डेली मेलका अनुसार अब यो भाइरस यति घातक भईसकेको छ कि, यसले झन्डै लाखौँ मानिसहरुलाई आफ्नो शिकार बनाईसकेको छ । उक्त सबै विश्वविद्यालयका शोधकर्ताहरुको दाबी छ कि, कोरोना भाइरसको सबैभन्दा ‘कमन क्यारियर’ चमेरो नै हो । जसको माध्यमबाटै यो मानिसहरुमा सरेको थियो ।
यो थ्योरीमा यो पनि भनिएको छ कि, गएको १० १५ वर्ष यता कोरोना भाइरस प्यांगोलिनको माध्यमबाट पनि मानिसहरुमा फैलिएको हुन सक्छ । बिस्तारै-बिस्तारै यसले आफूलाई म्युटेट गरेर आफ्नो चारैतिर विषालु प्रोटिन विकसित गर्यो ।
उक्त विषालु कोरोना भाइरस अब मानिसहरुको फोक्सोमा रहेका कोशिकाहरुलाई नष्ट गरेर सबैलाई आफ्नो शिकार बनाईरहेको छ । नेशनल इन्स्टीट्युट अफ हेल्थ (एनटीएच) का निर्देशक डा.फ्रान्सिस कोलिन्सले भने, हुन सक्छ कोरोना भाइरस एक वा डेढ दशकदेखि मानिसहरुमा बसिरहेको हुन सक्ने, र अहिले विकसित हुँदै उग्र रुपमा प्रकट भएको हुन पनि सक्छ, यस बेला भने भाइरसले आफूलाई म्युटेट बनाएर शक्तिशाली बनेर निस्किएको छ ।
यो भन्दा पहिला सन् २००२ र सन् २००३ मा जब सार्स फैलिएको थियो, त्यो बेला सार्स सिभेट्स क्याटबाट फैलिएको बताइएको थियो र त्यो बेला हजारौँको संख्यामा सिभेट्स क्याटलाई मारिएको थियो ।
शोधकर्ताहरुले चीनबाट फैलिएको कोरोना भाइरस मानिसहरुमा गएको १०/१५ वर्ष यता बिरामी बनाईरहेको छ । तर त्यसको असर त्यति कमजोर थियो कि,कसैले पनि गम्भीरताको साथमा लिन रुचाएनन् । तर अब आएर यो खतरनाक भाइरसले शक्तिशाली हुँदै आक्रामक बनेपछि बल्ल सबैलाई होश आयो ।
शोधकर्ताहरुका अनुसार रिसर्च पेपर संसारको प्रसिद्ध नेचर म्यागेजिनमा प्रकाशित भएको छ । कोरोना भाइरस १०/१५ वर्ष पहिला यति धेरै शक्तिशाली नभएकोले असर नगरेको बताईएको छ । साथै थ्योरीमा जनावरबाट मानिसमा आएर फेरी ज्नावरहरुमा जानु र फेरी मानिसमा फर्किनुले भाइरस शक्तिशाली भएर यस्तो खतरा निम्त्याएको बताइएको छ ।
जसका कारण आज सारा विश्व नै यो अवस्थामा आईपुगेको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन !
सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया