ह्वाईट हाउसले गर्याे मोदीलाई ‘फलो’, मोदी विश्वमै पहिलो नेता

काठमाडौं । कोरोनाको संकटबाट अहिले सारा विश्व ग्रस्त छ । विश्वमा अहिलेसम्म कोरोना भाइरसको कारण ९७ हजार ३३१ जनाले ज्यान गुमाएका छन् भने १६ लाख २६ हजार ९६ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ लाख ६६ हजार ४६९ जना उपचार पछि निको भएर घर गएका छन् ।

यसैबीच अहिले विश्वका हरेक जसो मिडियाको ध्यान कोरोनाका सूचना समाचार जानकारीमा केन्द्रित छ । विश्वका हरेक पेशाका मानिसहरुको ध्यान पनि कोरोना, यसको संक्रमण, उपचार र यसमा सिर्जित अभावका विषयमा केन्द्रित छ । तर शुक्रवार एउटा नयाँ खबरले भारतीय मिडिया तातिएको छ । खबर हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी ह्वाईट हाउसले ट्वीटर अकाउण्टमा फलो गरेको प्रशंग ।

त्यसैमाथि ह्वाईट हाउसले विश्वमै पहिलो पटक कुनै नेतालाई ट्वीटरमा फलो गरेको यो पहिलो घटना हो ।

ह्वाईट हाउसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फलो गरेपछि भारतीय सोसल मिडियामा यसको यसबारेमा प्रतिक्रियाको ओईरो र खैलाबैला मच्चिएको छ ।

ह्वाईट हाउसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो ट्वीटर अकाउण्टबाट फलो गरेको हो ।

भारतीय सञ्चारमाध्यमले हाईलाईट गर्दै भनेको छ, ‘अनौठो कुरो त यो हो कि, ह्वाईट हाउसले विश्वमै पहिलो पटक कुनै नेतालाई फलो गरेको छ । ह्वाइटहाउसले फलो गरेका विश्वकै पहिलो नतामा नरेन्द्र मोदीको नाम रहेको छ ।’

ह्वाईट हाउसले जम्मा १९ वटा अकाउण्ट फलो गरेको छ । तिमध्ये १६ अमेरिकाकै हुन् भने ३ भारतका रहेका छन् । ह्वाईट हाउसले प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल अकाउण्टको साथै, पीएम इण्डिया, प्रेसिडेण्ट अफ इण्डियालाई पनि फलो गरेको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोनाको महामारी झेलिरहेको अमेरिकामा अर्को खतरा आउनसक्ने ! अलर्ट जारी

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन ! 

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?