काठमाडौं । जतिसुकै ठूलो समस्या किन नआओस्, साँचो मायालाई कसैलै टुक्राउन सक्दैन । कोरोना भाइरसले पनि साँचो मायालाई टुक्राउन सकेन ।
यो घटना हो, एक वृद्ध दम्पत्तिको ।
भएको के थियो ?
श्रीमानलाई कोरोना भाइरसको संक्रमण भयो । उनी अस्पतालमा भर्ना भए ।
कोरोनाको महामारीका कारण श्रीमती आफ्ना श्रीमानसँग भेट्न सक्दिन थिइन् । किनभने पूरा शहर नै लकडाउन थियो । तर उनले आफ्ना श्रीमानको मायाँ पाउन र दिन श्रीमानलाई चिठी भने लेख्न छोडिनन् ।
चीनको हांगझोउ शहरमा बस्ने ८४ वर्षकी हुआंग गुओकीका ९० वर्षीय श्रीमान मिस्टर सन कोरोना भाइरसको कारण अस्पतालमा भर्ना भएका थिए ।
गएको एक वर्षदेखि उनी श्वास फेर्न समस्या हुने तथा डिमेन्सियाका बिरामी थिए ।
हुआंग श्रीमानसँग भेट्नको लागि हरेक दिन अस्पताल जाने गर्दथिन् । उनको सेवा गर्थिन् । तर त्यहि बेला कोरोना भाइरसको महामारी फैलिन शुरु भयो, जसका कारण शहर पूरा लकडाउन भयो र मानिसहरु घरमै बस्न बाध्य भए ।
अस्पतालले पनि आईसीयू मा भिजिटर्सहरुलाई जान रोकि दियो । हुआंग पनि त्यसमै फसिन् ।
अस्पतालका सबै जना उनीहरुलाई ‘हजुरआमा हुआंग’ र ‘हजुरबुवा सन्’ भनेर बोलाउने गर्दथे । हुआंग हरेक दिन फ्रुट
लिएर सनलाई भेट्न अस्पताल जान्थिन् । तर १ फेब्रुरीबाट शहर लकडाउन भयो र उनी घरमै फसिन् ।
शहर लकडाउन भएपछि उनले आफ्ना श्रमिानलाई चिठी लेख्न थालिन् । उनले चिठीमा लेखिन्, ‘रोगसँग लड्न र म बाट टाढा रहनका लागि तपाईले आफूलाई मजबुत बनाउनु पर्छ,हामी सबै ठिक छौँ, डाक्टर तथा नर्सहरुले जे भन्नुहुन्छ तपाई त्यहि मान्दै जानु,म तपाईलाई धेरै मायाँ गर्दछु ।’
मिस्टर सन आफ्नी श्रीमतीले लेखेका चिठी अस्पतालको बेडमा पल्टिएर पढ्ने गर्दथे । र त्यसलाई सम्हालेर राख्दथे ।
लकडाउन हटेपछि अस्पताल पुगेकी हुआंगले आफ्ना श्रीमानलाई मायाँ गर्दै फलफूल खुवाएकी थिइन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया