कोरोनाको कारण ईटलीमा १८ हजार बढीको मृत्यु, आजै थपिए ३ हजार ९ सय ५१ नयाँ संक्रमित

काठमाडौं – गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरस ‘कोभिड -१९’ यो समाचार तयार पार्दासम्म विश्वका २१० देशमा फैलिसकेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ कारण ईटलीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।

आज ५ सय ७० जना कोरोना संक्रमितको ज्यान गएसँगै मृतक संख्या १८ हजार ८ सय ४९ जना पुगेको हो । त्यहाँ ३ हजार ९ सय ५१ नयाँ संक्रमित फेला परेका छन् । एक लाख ४७ हजार ५ सय ७७ जना संक्रमित भएका छन् ।
यसैबीच विश्वभरको आँकडा हेर्दा कोरोना महामारीको कारण १ लाख भन्दा धेरैले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दा कोरोना भाइरसको महामारीबाट १ लाख १ सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै १६ लाख ३९ हजार ७७२ जनालाई संक्रमण भएको छ भने ३ लाख ६९ हजार २१ जना स्वास्थ्य उपचारपछि निको भएका छन् ।

प्राप्त समाचारअनुसार विश्वभर ४९ हजार ३०२ जनाको स्वास्थ्यअवस्था गम्भिर रहेको छ ।

‘कोभिड- १९’ का कारण आजमात्रै यो समाचार तयार पार्दासम्म अमेरिकामा १ हजार २ सय १९ जनाले ज्यान गुमाएका छन् भने आजै ९ हजार ३ सय ८७ जना नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा जम्मा मृतकको संख्या १७ हजार ९ सय १० पुगेको छ भने ४ लाख ७७ हजार ९५३ जनालाई कोरोना संक्रमण भएको छ ।

न्युयोर्कमा आजमात्रै कोरोना भाइरसको महामारीका कारण ७७७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकाको न्युजर्सीमा अहिलेसम्म कोरोना भाइरसका कारण १९ सय ३२ जनाको ज्यान गएको छ भने आजमात्रै त्यहाँ २३२ जाले ज्यान गुमाएका छन् ।

साथै आजै त्यहाँ थप ३ हजार ५६१ जना नयाँ संक्रमित पाइएको छ । न्युजर्सीमा मात्रै कोरोना भाइरसबाट ५४ हजार ५८८ जना ग्रसित छन् ।

अमेरिकाको मिशिगनमा महामारीका कारण मृत्यु हुनेको संख्या १ हजार ७६ पुगेको छ । त्यहाँ २१ हजार ५०४ जनामा कोरोनाको संक्रमण पाईएको छ ।

त्यस्तै क्यालिफोर्नियामा कोरोना भाइरसको कारण ५८९ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या त्यहाँ २० हजार २५८ पुगेको छ ।

अमेरिकामा कोरोना महामारीका कारण १० हजार ८९६ जनाको अवस्था गम्भीर रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर आज मात्रै ४ हजार ५७६ जनाको ज्यान गएको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म १५ हजार ९ सय ७० जनाको ज्यान गएको छ भने आज मात्रै ५ सय २३ जनाले ज्यान गुमाएका छन् त्यस्तै ३ हजार ८ सय ३१ जना नयाँ संक्रमित थपिएसँगै स्पेनमा १ लाख ५७ हजार ५३ जनालाई कोरोनाको संक्रमण भएको छ ।

त्यस्तै ईटलीमा एक लाख ४७ हजार ५ सय ७७ जनालाई कोरोनाको संक्रमण भएको छ भने ३ हजार ९ सय ५१ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यस्तै ईटलीमा आजै ५ सय ७० जनाको मृत्यु भएसँगै जम्मा मृतकको संख्या अठार हजार ८ सय ४९ पुगेको छ ।

त्यस्तै यूकेमा अहिलेसम्म ८ हजार ९ सय ३१ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ६५ हजार ७७ रहेको छ । आजमात्रै यूकेमा ९ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बेल्जियममा २६ हजार ६ सय ६७ जनालाई कोरोनाको संक्रमण भएको छ । अहिलेसम्म त्यहाँ ३ हजार १९ जनाले जयान गुमाएका छन् ।आजमात्रै बेल्जियममा थप एक हजार ६ ८४ नयाँ संक्रमित थपिँदा ४ सय ९६ जनाले आजै ज्यान गुमाएका छन् ।

त्यस्तै ईरानमा आजमात्रै कोरोनाका थप १९ सय ७२ नयाँ संक्रमित पाईएको छ भने ४ हजार २ सय ३२ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ईरानमा थप एक सय २२ जनाको ज्यान गएको छ भने ६८ हजार १९२ जना संक्रमित पुगेका छन् ।

त्यस्तै नेदरल्याण्ड्स मा आजै १ सय १५ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेदरल्याण्ड्समा जम्मा मृतक संख्या २ हजार ५११ पुगेको छ । त्यहाँ १ हजार ३ सय ३५ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २३ हजार ९७ पुगेको छ ।

कोभिड १९ को महामारीबाट यो समाचार तयार पार्दासम्म स्पेनमा मर्नेको संख्या १५ हजार ९ सय ७० पुगेको छ । प्राप्त समाचारअनुसार स्पेनमा आजमात्रै ५ सय २३ जनाको मृत्यु भएको हो । त्यहाँ ३ हजार ८ सय ३१ नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १ लाख ५७ हजार ५३ जना पुगेको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

 

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन ! 

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?