काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनमा कुनै किसिमको सम्झौता नहुने बताएका छन् । शनिवार प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँगको भिडियो कन्फेरेन्सका क्रममा उक्त कुरा बताएका हुन्
साथै उक्त भिडियो कन्फेरेन्समार्फत ओलिले मुख्यमन्त्रीहरुलाई लकडाउन कुनैपनि किसिमको सम्झौता नगर्न तथा कडाइका साथ पालना गर्न समेत आग्रह गरेका छन् ।
कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फडको मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताएका छन् ।
“लकडाउन छिट्टै अन्त्य हुँदैन, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको छ।” प्रधानमन्त्री ओलीले भने ।
साथै छिमेकी मुलुकमा कोरोना संक्रमण बढिरहेको पनि नेपालमा लकडाउन खोल्न नहुने कुरामा प्रधानमन्त्री ओलीको जोड रहेको छ । उनले भनेका छन्, “भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया