थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

काठमाडौं । कोरोना भाइरससँग लडिरहेको सारा विश्वमा अर्काे डरलाग्दो घटना सार्वजनिक भएको छ । दक्षिण कोरियाको उक्त घटनाले फेरी आम मानिसहरुको मनमा त्रास पैदा गरेको हो ।

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ९१ जनामा फेरी कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यो घटनाले आम मानिसहरुका साथै वैज्ञानिक तथा डाक्टरहरुलाई थप चुनौति थपिएको छ । विशेषज्ञहरुले निको भईसकेका बिरामीहरुमा फेरी संक्रमण पाइनुको कारण भाइरस ‘रि एक्टिभेट’ भएको हुनसक्ने बताएका छन् । तर दक्षिण कोरियाको स्वास्थ्य विभागका अधिकारीहरुले उक्त संक्रमण कसरी फेरी भयो भन्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

उक्त घटना अब अन्तर्राष्ट्रिय स्तरमै चिन्ताको विषय बनिसकेको छ । अहिलेसम्म कोरोना भाइसको महामारीका कारण अहिलेसम्म दक्षिण कोरियामा २११ जनाले ज्यान गुमाएका छन् भने १० हजार ४८० जनामा संक्रमण फैलिएको छ ।

त्यस्तै ७ हजार २४३ जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यस्तै ५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

दक्षिण कोरियाको विश्वविद्यालयका एक प्रोफेसरले संक्रमितमा पुनः संक्रमण हुनेहरुको संख्या बढ्न सक्ने बताएका छन् । एक अन्य विशेषज्ञले भने बिरामी फेरी संक्रमित नभएको तर उनीहरुमा भाइरस रि एक्टिभेट भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?