माले, २४ माघ । मालदिभ्स सरकारले सर्वोच्च अदालतको फैसलालाई कुल्चदै त्यसलाई नमान्ने घोषणा गरेपछि सर्वोच्च आफ्नै निर्णय उल्टाउन बाध्य भएको छ राष्ट्रपति अब्दुल्ला यामीनले प्रधानन्यायाधीशसहित सर्वोच्चका दुई वरिष्ठ न्यायाधीशहरूलाई गिरफ्तार गर्न लगाएको एक दिनपछि अदालतको पछिल्लो आदेश आएको हो सर्वाेच्चका पाँच मध्ये दुई जना पक्राउ परेपछि बाँकी रहेका तीन जना न्यायाधीशहरूले ‘राष्ट्रपतिले देखाएका चिन्ताका बीच’ आफूहरूले यसअघिको निर्णयलाई खारेज गरेको बताएका छन् देशमा संकटकाल घोषणा गरेको केही घण्टापछि यामीनले आफूलाई पदच्युत गर्न न्यायाधीशहरूले षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए यसअघि माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशीदले भारतलाई हस्तक्षेप गर्न आह्वान गरेका थिए सुरक्षा फौजले सर्वोच्च अदालतमा हस्तक्षेप गरी दुईजना वरिष्ठ न्यायाधीश र पूर्वराष्ट्रपति मौमून अब्दुल गयूमलाई पक्राउ गरेपछि नाशीदले भारतलाई सेनासहित दूत पठाएर हस्तक्षेप गर्न आग्रह गरेका हुन् गत हप्ता सर्वोच्च अदालतले नौजना विपक्षी नेताहरूमाथिको अभियोग सर्वसम्मत आदेशबाट खारेज गर्दै जेलमा रहेकाहरूलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले उनीहरूमाथि पुनः सुनुवाइ हुनुपर्ने बताएको थियो अदालतले पदबाट हटाइएका १२ जना सांसदहरूलाई पुनर्बहाली गर्न पनि आदेश दिएको थियो । सो आदेश कार्यान्वयन भएको अवस्थामा संसदमा विपक्षी हाबी हुने थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया