नासाले कसरी राख्छ आफ्नो अन्तरिक्षयानको नाम ?

काठमाडौं । एक्वा, ग्लोरी जस्ता नाम नासाले वर्तमानमा अन्तरिक्ष पठाएका अन्तरिक्ष यानका नामहरु हुन् । तर तपाईले कहिल्यै सोच्नु भएको छ कि, नासाले यी अन्तरिक्ष यानको नामाकरण कसरी गर्दछ ? यी नामहरु एक समूहले ठूलो प्रक्रियाबाट तय गर्दछ ।

यो समुह पनि नासा जत्तिकै पुरानो छ । उदाहरणका लागि अपोलोलाई नै मानौँ । चन्द्रमामा गएको अपोलो ११ अन्तरिक्ष यान थियो ।

नासाका अनुसार यो नाम सन् १९६० मा स्पेस फ्लाइट डेभलपमेन्टका निर्देशक सिल्वरस्टिनले दिएका थिए । धार्मिक मान्यताका अनुसार अपोलो ग्रीकका देवता थिए । उनी जुस र लेटोका छोरा थिए । ओरियन र जुनोको नाम पनि धार्मिक मान्यताका आधारमा राखिएको थियो ।

सन् १९६० मा पहिलो पटक नामाकरण समिति नासाको कार्यालयमा नै स्थापित गरिएको थियो । नासाका अधिकारीहरुलाई पनि नामाकरणका लागि अवसर दिइएको थियो ।

नामाकरण समितिमा रहेको पूरा प्यानल पहिला अध्ययन गर्दछ र सबैभन्दा राम्रो नामलाई चुन्ने गर्दछ । त्यसपछि १४ फेब्रुअरी सन् २००० मा नासाले नयाँ नामाकरण नीति बनाएको थियो ।

त्यहि बेलाबाट अन्तरिक्ष यान वा मिशनको नाम सरल हुनुपर्ने बताइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?