आज देशभरका सबै बैंकका शाखाहरु खुला रहने

काठमाडौं । आइतवार नेपालका सबै बैंकका शाखा कार्यालयहरु सबै खुला रहने भएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको आज अन्तिम दिन भएका कारण बैंकहरुले सबै शाखा कार्यालयहरु खुला राखेको नेपाल बैंकर्स संघले जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना र त्यसबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण बैंकको काम सुचारु रहेपनि सबै शाखाहरु भने सञ्चालनमा थिएनन् ।

लकडाउनका बेला पनि बैंकले आलोपालो कुनै न कुनै शाखाबाट सेवा प्रदान गरिरहेका थिए । साथै आज भने सबै कार्यालय खुला रहेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिएका छन् ।

आइतवार २०७६ सालको अन्तिम दिन समेत रहेको छ । सोमवारबाट अर्काे साल शुरु हुने तथा आवको तेस्रो त्रैयसमाका सम्पूर्ण हिसाबकिता ९क्लोजिङ० का कामहरु गर्नै पर्ने भएका कारण बैंकहरुले सबै शाखा खोलेको हुन् ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण अप्ठेरोमा परेको भन्दै चैतमा तिर्नु पर्ने ऋण असारमा तिरे हुने गरी सहुलियत प्याकेज घोषणा गरेको छ । साथै चैतमै तिरेको अवस्थामा भने ऋणिले ब्याजमा १० प्रतिशत छुट पाउने भएका छन् ।

राष्ट्र बैंंकले घोषणा गरेको प्याकेज अनुसार ब्याजमा १० प्रतिशत छुट लिनका लागि आज अन्तिम दिन रहेको पनि बैंकर्स संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?