ट्वाईलेटको बारेमा ९ रोचक जानकारी

काठमाडौं । शौचालय (ट्वाइलेट) हामीलाई सुन्दा साधारण लाग्ला । तर शौचालयका रोचक पाटोहरु पनि छन् जुन अधिकांशलाई थाहा नहुन पनि सक्छ ।

एक रिपोर्टका अनुसार अफगानिस्तानमा ९० प्रतिशत मानिसहरु टिभी हेर्छन् तर शौचालय भने देशभर नै जम्मा ७ प्रतिशतले प्रयोग गर्दछन् ।

यसका साथै १९ नोभेम्बरका दिन विश्वभर नै ट्वाइलेट डे मनाइन्छ । आज हामी यसकै बारेमा रोचक जानकारी तपाईलाई दिनेछौँ ।

१. सिंगापुरमा ट्वाईलेट फ्लश नगर्नेलाई कानून लाग्छ, त्यसको लागि जरिवाना पनि तोकिएको छ ।

२. एक पटक ट्वाईलेट फ्लस गर्दा २० देखि २५ लिटर पानी नाश हुन्छ ।

३. एक रिसर्चका अनुसार ट्वाईलेटको सिटमा अत्याधिक किटाणु हुन्छन् ।

४. सन् १९९२ मा भएको एक सर्वेमा ब्रिटिश ट्वाईलेटलाई संसारकै सबैभन्दा नराम्रो बताइएको थियो ।

५. चीनमा कुकुरका लागि छुट्टै सार्वजनिक शौभालय बनाइन्छ ।

६. संसारको सबैभन्दा महंगो शौचालय हेर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जानुपर्दछ ।

७. अन्तरिक्ष स्टेशनमा बनेको ट्वाईलेटको मूल्य १९ मिलियन डलर रहेको छ ।

८. २० प्रतिशत मानिसहरु ट्वाईलेट गएपछि हात धुँदैनन् ।

९. विश्वमा ३० प्रतिशत मानिसहरु मात्रै हात धुनका लागि साबुनको प्रयोग गर्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?