रक्सीको तलतल मेट्न स्यानिटाईजर पिएपछि…

काठमाडौं । लकडाउनको कारण रक्सीको अभावमा एक ३५ वर्षीय मानिसले स्यानिटाइजर पिएका छन् । लकडाउनको कारण बजार बन्द भएपछि उनी हैरान भएका थिए ।

अततः स्यानिटाइजर नै पिएर पनि रक्सीको तलतल मेटाएका थिए । यो घटना भारतको दक्षिणी राज्य तमिलनाडुको हो । बनार्ड नामका यी व्यक्ति क्वेम्बाटोर शहरका बासिन्दा रहेको र उनी ग्यास सिलिन्डर डेलिभरी गर्ने इन्डिया टुडेले जनाएको छ ।

उनी काम गर्ने कार्यालयले कर्मचारी तथा अन्य मानिसलाई हातमा लगाउनको लागि स्यानिटाइजर उपलब्ध गराएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण भारत सरकारले सबै ठाँउमा लकडाउन गरेको छ । जासका कारण तमिलनाडुमा रक्सी पसलहरु बन्द भए ।

जसकाकारण बनार्डलाई आफ्नो लत छाड्न निकै मुस्किल परेको थियो । बनार्डकी श्रीमती प्रियाका अनुसार उनी यो घटना हुँदा घरै थिइन् र लगत्तै श्रीमान्लाई अस्पताल लिएर गएकी थिइन् ।

उपचारका लागि उनकी श्रीमतीले उनलाई अस्पताल पुर्याइन । सेनिटाइजर सेवनकै कारण यी व्यक्तिको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?