कालो चिया बनाउने रीमाको रोइलो !

काठमाडौं-  नेपाल चैत ११ देखि लकडाउनमा छ । यो समयमा घरभन्दा बाहिर निस्कन नपाइने हुँदा नेपाली सेलिब्रेटीहरु पनि घरभित्रै नजरबन्द हुनुपरेको छ । वर्षमा विरलै घरमा बस्न पाउने कलाकारहरु अहिले परिवारसँग बसेर समय विताइरहेका छन् ।
घरमा रहँदा सेलिब्रेटीहरुले भान्सामा कमै समय बिताउने गर्दछन् । लकडाउनको समयमा सेलिब्रेटीहरु आ–आफ्नै तरिकाले समय गुजारिरहेका छन् । अध्ययन गर्ने, नयाँ-नयाँ कुरा सिक्ने, नयाँ परिकार बनाउन अभ्यस्त हुने काममा सेलिब्रेटीहरु व्यस्त भएको उनीहरुको सामाजिक सञ्जाल चाहार्दा भेटिन्छ ।

लकडाउनअघिसम्म नायिका रीमा विश्वकर्मालाई कालो चिया समेत बनाउन आउँदैन थियो रे ! उनले आफ्ना प्रशंसकहरुसँग सामाजिक सञ्जालमा लाइभ कुराकानी गर्ने क्रममा उनले बल्ल आफूले कालो चिया बनाउन सिकेको बताएकी हुन् ।

उनले भनेकी छिन्, ‘लकडाउनको समयमा बल्ल कालो चिया बनाउन सिकेँ । मसँग भान्साको काम गर्ने समय हुँदैन । मेरो कामको प्रकृति नै फरक छ । अब बल्ल पकाउन सिक्दैछु ।’ तर, उनको यो कुरा अहिले ट्रोलको शिकार भएको छ ।

कालो चिया बनाउन सिकेको कुरालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाकको विषय बनाएपछि रीमाले शनिवार फेसबुकमा ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम होइन’ भन्दै ३ कमेडी शैलीमा स्टाटस लेखेकी छन् ।

उनले कालो चिया बनाउन आएको कुरालाई बम नबनाउन पनि आग्रह गरेकी छन् । रीमाले त तातो पानीमा चिनी र चियापत्ती मात्र थप्ने रेसिपि पो सिकिछन् ।

बर्दियाको गुलरियामा कृषक समुदायमाझ जन्मेकी रीमाले बल्ल सिकेँ भन्नु मजाक हुने भएन र भन्या रीमा जी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?