कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

काठमाडौं । एचआईभी एड्सबाट हरेक वर्ष ८ लाख भन्दा धेरै मानिसहरुको मृत्यु भईरहेको छ । गएको ४० वर्ष देखि अहिलेसम्म एचआईभी एड्सविरुद्धको कुनै भ्याक्सिन बनेको छैन ।

यसै कुराको बारेमा जानकारी दिँदै कोरोना भाइरसको भ्याक्सिन खोजिरहेको टीमको नेतृत्व गरिरहेकी प्रमुख साइन्टिस्ट जेन हाल्टनले कोरोना भाइरसको भ्याक्सिन सायदै बन्ने सम्भावना रहेको बताएकी छन् ।

अर्थात् कोरोना विरुद्धको औषधि बन्ने सम्भावना कम रहेको उनले बताएकी हुन् । उनले भनिन्, ‘विज्ञानमा केहि पनि निश्चित हुँदैन ।’

जेन हल्टन कोरोना भ्याक्सिनको खोजका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय टिम (Coalition For Epidemic Prepar eness Innotavitions) को नेतृत्व गरिरहेकी छन् । यो टिमलाई बिल गेट्सले सहयोग गरेका छन् ।

जेन महामारी विशेषज्ञहरुमा अष्ट्रेलियाकै सबैभन्दा एक्सपर्ट मानिन्छिन् । उनले विश्व स्वास्थ्य संगठनको एग्जेक्यूटिव बोर्डमा पनि काम गरिसकेकी छन् । साथै उनी वर्ल्ड हेल्थ असेन्बलीको प्रेसिडेन्ट भएर पनि काम गरिसकेकी छन् ।

जेन हल्टनले उक्त चेतावनी यस कारण दिएकी हुन् कि, ‘कोरोनाविरुद्ध तमाम देश मात्र भ्याक्सिनको आशमा नबसुन् र कोरोनालाई जित्नको लागि प्लान बी पनि सँगै लिएर जान सकून् ।’

कोरोना भाइरसको प्रकोप विश्वका २१० देशमा फैलिईसकेको छ । यो समाचार तयार पार्दासम्म १ लाख १० हजार २६जनाले ज्यान गुमाएका छन् भने १७ लाख ९६ हजार ३०५ जनालाई संक्रमण भएको छ । त्यस्तै अहिलेसम्म ४ लाख १२ हजार ७० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

केहि देशमा कोरोना भाइरसको भ्याक्सिन खोज्नको लागि ‘ट्रायल’ भईरहेको छ ।

द अष्ट्रेलियन पत्रिकासँग् कुराकानी गर्दै साइन्टिस्ट जेन हाल्टनले भनिन्, ‘स्वास्थ्य अधिकारीहरुले प्लान ‘बी’ मा तीव्र गतिमा काम गर्नुपर्दछ, किनभने हामीले यदि कोरोनाको भ्याक्सिन बनाउन सकेनौँ भने, प्लान ‘बी’बाट काम गनुपर्दछ ।’

विश्वका केहि हेल्थ एक्सपर्टहरुले सन् २०२१ सम्ममा भ्याक्सिन बनाइसक्ने बताएका छन् । तर जेन हल्टन भन्छिन्, ‘यति थोरै समयमा कोरोना भाइरसको भ्याक्सिन बनाउन अविश्वसनीय छ, यो आश भनेको अकल्पनिय रहेको छ, कोभिड-१९ बाहेक आजसम्म अन्य कोरोना भाइरसको पनि औषधि बन्न सकेको छैन ।’

‘एचआईभी’बाट सन् २००८ मा संसारमा ७ लाख ७ हजार जनाको ज्यान गएको छ । गएको ४० वर्षमा सारा विश्वभर एचआइभी एड्सबाट ३ करोड २० लाख मानिसहरुको ज्यान गएको छ । तर अहिलेसम्म एचआइभी एड्सको औषधि कुनै वैज्ञानिकहरुले बनाउन सकेका छैनन् ।

अमेरिका, चीन सहित बिभिन्न देशहरुमा भ्याक्सिनको ट्रायल शुरु भईरहेको छ । तर जेन हाल्टनको चेतावनीले भ्याक्सिन बन्छ भनेर आशामा रहेकाहरुको आश निराशामा बदलिएको छ । त्यसैले उनले सबैलाई भ्याक्सिन भन्दा पनि अर्काे बच्ने प्लानबारे सोच्न सुझाएकी छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

कतै ‘नेगेटिभ पेसेन्ट’ले आफूसँग कोरोना लिएर घुमिरहेका त छैनन् ? वैज्ञानिकको नयाँ खुलासा 

थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?