काठमाडौं । बाग्लुङमा एक महिलामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ । उनी भारतबाट भारतबाट आएकी थिइन ।
काठेखोला गाउँपालिका घर भएकी अन्दाजी ५५/६० वर्षीय महिलामा आइतवार स्वास्थ्यकर्मीले र्यापिड कीट टेस्ट गरेका थिए । ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको त्यहाँको स्थानिय प्रशासनले जनाएको छ ।
उक्त र्यापिड टेष्टमा दोधारजस्तो भएपछि चेकजाँचका लागि जिल्लाका अन्य स्वास्थ्यकर्मीहरुलाइ समेत बोलाइएको जनाइएको छ । उनलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने गरिएको छ । साथै उनलाई पोजेटिभ नै हो भनेर पुष्टि भने भइसकेको भने छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया