वर्ष २०७७ : बालबालिकालाई यी १४ कुरा सिकाउन नबिर्सनुहोस् !

काठमाडौं – नेपाली नयाँ वर्ष २०७७ सुरु भइसकेको छ । १२ महिनामा घुमेर आएको नयाँ वर्षको सुरुवातको यो हप्तालाई संकल्पको समय पनि भनिन्छ । हुन त कुनैपनि राम्रो काम गर्नको लागि दिन साईत कुर्नुपर्दैन । तरपनि नयाँ वर्षको आगमनले छुट्टै उर्जा लिएर आउँछ । त्यस्तो शक्तिले मानिसको सोचमा परिवर्तन आउँछ। हरेक वर्ष मानिस थप परिपक्व बन्दै जान्छ । यसवर्ष गल्ती नै भएको भएपनि सही तर बालबालिकालाई मायाले केही कुरा सिकाउनुभयो भने उनीहरुले बिस्तारै दृढ संकल्प भएको तपाईको सिकाइ अनुसरण गर्न सक्छन् । भित्तामा राखेको क्यालेन्डर फेर्नु मात्रै नयाँ वर्ष होइन । यसदिन अघिल्ला वर्षको समिक्षा गरी कमीकमजोरी औंल्याउँदै नयाँ संकल्प गर्न सकिन्छ । आजका बालबालिका भोलिका कर्णधार हुन् । भोलिका मार्गदर्शक हुन् । अभिभावक हुन् । हर्ताकर्ता हुन् । त्यसैले आजैबाट आफ्नो परिवारमा भएका बालबालिकालाई आनीबानी, बोली र व्यवहार सिकाउन ढिलाई नगर्नुहोस् ।

– बोलिचाली

-आनीबानी र सही व्यवहार

-उपयुक्त आहारव्यहार खानपान

-वातावरणीय प्रदुषणबारे ज्ञान

-प्रविधिको फाइदा बेफाइदा

-आफ्नो देशबारे

-‘नो जंक फूड’

-स्वीकार्यताको नियमबारे

– सम्झौता गर्न

-दान, सेवा भाव, सहयोग

-दृढ संकल्प

-साँचो बोल्ने

-कर्म गर्नुपर्छ भन्ने ज्ञान

-सकारात्मक सोच

तपाई र तपाईको बालबालिकाको यो वर्ष शुभ बितोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?