पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना भाइरसको महामारीले यसबेला सारा विश्व ग्रसित छ । तर कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनका कारण भने सकारात्मक कुराहरु पनि भईरहेका छन् ।

लकडाउनका कारण पर्यावरण सफा हुनुको साथै पशु-पंक्षीहरु आनन्दले जताततै रामाईरहेका छन् । यसैबीच वैज्ञानिकहरुले भने एक पछि अर्काे डरलाग्दो खुलासा गरिरहेका छन् ।

वैज्ञानिकहरुले उत्तरी ध्रुवमा ‘आर्कटिक’भन्दा माथि ओजन तहमा ठूलो प्वाल परेको बताएका छन् । जसका कारण आउने समयमा यसले ठूलो खतरा निम्तिन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरुका अनुसार यो प्वाल १० लाख वर्ग किलोमिटरसम्म फैलिएको छ । यो प्वाल एकदमै ठूलो भएको भन्दै वैज्ञानिकहरुले यसले ठूलो परिणाममा भविष्यमा विश्वलाई क्षति पुर्याउने बताएका छन् ।

‘आर्कटिक’भन्दा माथि परेको उक्त प्वालका कारण वातावरणमा असर परिरहेको वैज्ञानिकहरुले बताएका छन् । यस समयमा उत्तरी ध्रुवको मौसम गएको वर्षको भन्दा धेरै चिसो भएको छ ।

यो अप्रत्याशित घटना भएको भन्दै वैज्ञानिकहरुले पृथ्वीमा ठूलो क्षति हुनसक्ने संकेत दिएका छन् । जाडो याममा दुबै ध्रुवको ओजन कम हुन्छ ।

कम तापक्रम,सूर्यको प्रकाश,ठूलो हावाहुरी र क्लोरोफ्लोरो कार्बन पदार्थका कारण यो प्वाल पर्ने गर्दछ ।

सामान्यतया उत्तरी ध्रुवको ‘अन्टार्कटिका’मा चिसो र ठन्डी त्यति हुँदैन, तर यो वर्ष अत्याधिक ठन्डी भएको वैज्ञानिकहरुले बताएका छन् । जसको कारण त्यहाँ ‘स्ट्रटोस्फियरमा’ एक ‘पोलर वोर्टेक्स’ बनेको छ ।

वैज्ञानिकहरुले ‘कोपरनिकस सेन्टियल-5P’ स्याटेलाईटबाट यो तस्वीर लिएका थिए ।

तस्वीरमा आर्कटिक क्षेत्रभन्दा माथि ओजनको मात्रामा अत्याधिक गिरावट आएको पत्ता लागेको थियो । त्यसैले त्यहाँको ओजन तहमा अत्याधिक ठूलो प्वाल परेको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?