‘मास्क’ लगाउनेलाई टिकटकमा मजाक उडाउँदा कोरोनाको संक्रमण भएपछि…

काठमाडौं । कोरोना भाइरसबाट बच्नको लागि मास्क लगाउनु एउटा राम्रो विकल्प हो । यसबाट केहि मात्रामा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ । तर २५ वर्षका एक युवकलाई मास्क लगाएर कोरोना संक्रमण हुँदैन भन्ने कुरा हावा लाग्यो ।

उनले टिकटकमा भिडियो बनाएर पोस्ट गरे । भिडियोमा मास्क लगाएकाहरुलाई उनले हासोमा उडाईदिए । तर अहिले तिनै युवकलाई कोरोना पोजेटिभ पाइएको छ ।

भारतको सागर जिल्लाका उक्त युवक बाइकमा बसेर सडकमा मास्क नलगाई घुमिरहेका थिए । त्यहाँ रहेका मानिसहरुले उनलाई मास्क लगाउन सुझाए पनि । तर उनले भने, कपडाको टुक्रमा के को भरोसा, भरोसा गर्ने नै भए भगवानसँग गर भन्दै उनीहरुकै मजाक उडाए र त्यहाँ रहेका मानिसहरुले दिएको मास्क पनि हावामा उडाएर फालिदिए ।
अहिले तिनै युवकमा कोरोनाको पोजेटिभ पाईएपछि सामाजिक सञ्जालमा चर्चा बनेको छ । भारतको मध्य प्रदेशस्थित सागर जिल्लाका ति युवक बुन्देलखण्ड मेडिकल कलेजमा उपचार गराईरहेको कलेजका डीन डा. जी एस पटेलले भारतीइ सञ्चारमाध्इमसँग बताएका छन् ।

उनका अनुसार १० अपप्रिलमा उनलाई कोरोाको परिक्षण गर्दा रिजल्ट पोजेटिभ आएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?