काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण हालसम्म नेपालमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । भने १ जना निको भएर घर फर्किएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले तयारी गरिरहेको छ । विदेशबाट आएका मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नको लागि सरकारले निर्देशन दिएको छ । भने सातै प्रदेशसँगको समन्वयमा सरकारले विभिन्न ठाँउहरुमा कोरोना परिक्षण गरिरहेको छ ।
कोरोना उपचारका लागि सरकारले अस्पतालहरुको सूची नै तयार पारि उपचार थालेको छ । साथै आवश्यक्ता अनुसार त्यस्ता उपचार केन्द्रहरु थपिँदै लगिने स्रोतले जनाएको छ ।
सरकारले तयार पारेको सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया