चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

काठमाडौं । सारा विश्व अहिले कोरोनासँग लडिरहेको छ । कोरोना भाइरसको महामारीसँग लड्नको लागि विश्वका वैज्ञानिकहरु हरसम्भव प्रयास गरिरहेका छन् ।

यसैबीच चीन भने आफ्नो शक्ति प्रदर्शन गर्न लागिपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित छ । हालै मात्र चीनका नौसेनाले रियलिस्टक म्यारिटाइम अप्रेसन्समा भाग लिएका छन् ।

त्यति मात्रै होइन, आजभन्दा १० दिन अगाडि पनि चीनले एक अन्जान क्षेत्रमा युद्धाभ्यास गरेको थियो । जसको कारणले कोरोनाको महामारीसँग लडिरहेको विश्व चीनसँग डराउन थालेको छ ।

सबैभन्दा धेरै डर जापान र ताईवानीहरुलाई रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सञ्चारमाध्यमका अनुसार चीनले कोरोनाको आड लिएर आफूमाथि हमला गर्ने डरले जापान र ताईवानमा त्रास फैलिएको हो ।

चीनले भर्खरैमात्र दक्षिणी समुन्द्री ईलाकामा गाईडेड मिसाईलबाट ल्यास युलिन र सूचांग युद्धपोतले मिसाईल प्रशिक्षण गरेको छ ।

दुबै युद्धपोतहरुबाट सयौँको संख्यामा बम तथा गोली, मिसाईल र गाइडेड मिसाइल परीक्षण गरेको हो । चिनियाँ नौसेनाले यस युद्धाभ्यासमा फर्मेशन म्यान्युवर, लाइभ फायर अपरेसन्स, एन्टी सबमरिन वारफेयर, ज्याइन्ट साल्वेजमा परीक्षण थालेको हो ।

चीनका सेनाले यस बारेमा चीनको सरकारी पत्रिका ग्लोवल टाइम्सलाई जानकारी दिएका छन् । साथै उनीहरुले केहि फोटो पनि शेयर गरेका छन् ।

चीनले आफ्नो शक्ति परिक्षण गरेको भन्दा नजिक जापान तथा ताईवान रहेकोले कतै आफूमाथि आक्रमण गर्ने त होइन ? भन्ने डर उनीहरुमा परेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

चीनको युद्धाभ्यास देखेपछि जापानले डरका कारण मियाकोजिमा द्विपमा मिसाइल सहित ३४० सेना तैनाथ गरेको छ ।

ताईवानले पनि चीनले ताईवानको एयरस्पेसमा २९ मार्च सन् २०२० को राती फाइटर जेट पठाएको आरोप लगाएको छ ।

त्यसको सूचना पाउनासाथ ताईवानको एयरफोर्सले चीनको फाइटर जेटलाई आफ्नो देशमा रहन नदिएको ताईवानको आरोप छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?