काठमाडौं । यस समय सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । महामारी फैलिनबाट रोक्नका लागि विश्वका अधिकांश देशहरुले लकडाउन गरेका छन् ।
यसैबीच भारतको हैदराबादमा बस्ने एक युवकले कोरोना भाइरस जस्तै डिजाइनको एक कार निर्माण गरेका छन् ।
हैदरबादको कार डिजाइनरले कोरोना भाइरस कार निर्माण गरेका हुन् । मानिसहरुलाई उक्त कारले भाइरसको संक्रमणबाट बच्ने उपाय बताउँछ । त्यति मात्रै हाइन, कारले भाइरस फैलिनबाट रोक्ने उपाय समेत बताउने गर्दछ ।
कारलाई लिएर यसका डिजाइनरले उक्त कारको निर्माण कोरोना भाइरसको प्रकोप र त्यसको खतरा देखेपछि निर्माण गरेको बताएका छन् ।
आम कारको जसरी नै उक्त कार पनि गु’ड्ने गर्दछ । यो कारको डिजाइन कोरोना भाइरसको आकारकै रहेको छ ।
सुधाकर नामका ति डिजाइनरले भाइरसलाई गम्भीरताका साथ लिनको लागि र सबैमा सचेतना फैलाउनका लागि यो कारको डिजाइन गरेको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया