काठमाडौं । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकी बाग्लुङमा ६५ वर्षीय महिलामा प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । आइतवार गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ नतिजा आएको थियो ।
र्यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुनः परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।
ती महिलाको र्यापिड टेस्टमा नतिजा पोजेटिभ आएपछि स्वाब कलेक्सन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो ।
काठेखोला गाउँपालिका घर भएकी अन्दाजी ५५/६० वर्षीय महिलामा आइतवार स्वास्थ्यकर्मीले र्यापिड कीट टेस्ट गरेका थिए ।
उक्त र्यापिड टेष्टमा दोधारजस्तो भएपछि चेकजाँचका लागि जिल्लाका अन्य स्वास्थ्यकर्मीहरुलाइ समेत बोलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया