काठमाडौं । वि.सं. २०७७ बैशाख ०२ गते । मंगलवार । इ.स.२०२० अप्रिल १४ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा । वैशाख कृष्णपक्ष । तिथी–सप्तमी,२१ बजेर १६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– पूर्वाषाढा,२४ बजेर २८ मिनेट उप्रान्त उत्तराषाढा । योग– शिव,२२ बजेर ४१ मिनेट उप्रान्त सिद्ध ।
करण– भद्रा,०९ बजेर ३१ मिनेट उप्रान्त बव,२१ बजेर १६ मिनेट उप्रान्त वालव । आनन्दादिमा मित्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय ६ बजेर ४२ मिनेटमा, सूर्यास्त १८ बजेर २७ मिनेटमा । दिनमान ३१ घडी ५२ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुची बढ्नेछ ।
दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यक्तिगत स्वार्थ तथा वैराग्यभाव त्यागेर अगाडी बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला ।
आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढीनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ ।
प्रेममा धोका हुनसक्छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । परिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरु हार खानेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ ।
अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै विजय भईनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कृषि,सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ ।
प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफ्नै मिहेनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीकोसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ ।
प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
रमाईलो यात्रा गर्ने अवसर जुर्नेछ । साथीभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला ।
बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ ।
प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्सित हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धी मुलक कामहरु हुनेछन् । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।
प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पैत्रिक धन तथा सम्पत्तीको प्रयाग तथा परिचालन मार्फन मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । विद्यार्थीहरुका लागि समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ ।
ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया