सुलभ अग्रवाललाई ५ दिन थुनामा राखि अनुसन्धान गरिने

काठमाडौं । जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । कुटनीतिक गाडी प्रयोग गरि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।

कालो बजारीको आरोपामा पक्राउ परेका उनलाई अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो । त्यसमा जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको प्रहरीले जनाएको छ ।

प्रशासन कार्यालयले यसअघि नै ७ दिनको समय दिएको थियो । तर मंगलबार नै उक्त म्याद सकिएको छ । अग्रवालले केहिदिन अघि ५ हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरि हिरासतमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?