काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वभरि नै तीव्र गतिमा फैलिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट १ लाख २१ हजार ७१० जनाले ज्यान गुमाएका छन् भने १९ लाख ४६ हजार ७८१ जनालाई संक्रमण भएको छ । साथै ४ लाख ६० हजार १२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यसैबीच उत्तर कोरियाले पूर्वी सागरको नामबाट परिचित जापान सागरतिर मंगलवार केहि शंकास्पद क्रुज मिसाइल हानेको छ ।
दक्षिण कोरियाका सेनाले यसबारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई यो जानकारी दिएका थिए । ज्वाइन्स चीफ अफ स्टाफले एक बयानमा कम दुरीका केहि क्रुज मिसाइल हानेको बताएका थिए ।
यो भन्दा पहिला उत्तर कोरियाले कोरियाई समुन्द्रमा २९ मार्चका दिन दुई शंकास्पद ब्ल्यालिस्टक मिसाइल को थियो ।
दक्षिण कोरिया तथा अमेरिकी अधिकारीहरुले यसबेला मिसाइल हान्नु तथा परिक्षण गर्ने समय नभएको भन्दै उत्तर कोरियाले उचित नगरेको बताएका छन् ।
उनीहरुले उत्तर कोरियालाई सैन्य कारवाही रोक्न अनुरोध गरेका छन् । अमेरिकाका अधिकारी तथा उत्तर कोरियाका तानशाह किम जोन उनकाबीचमा परमाणु निरस्तीकरणमा सम्झौता भएको छ ।
यदि उत्तर कोरियाले आफूसँग भएका परमाणु हतियार नष्ट गरेको खण्डमा उसमाथि अमेरिकाले लगाएको सबै प्रतिबन्ध हटाउजे सम्झौता भएको थियो ।
दुईदेशबीच उत्तर कोरियाले आफ्नो देशमा कसैलाई पनि कोरोना संक्रमण नभएको दाबी गर्दै आएको छ । तर विदेशी विशेषज्ञहरुले भने उत्तर कोरियामा कोरोनाका केसहरु भएको तर उत्तर कोरियाले आधिकारिक रुपमा नखुलाएको बताएको थियो ।
साथै विशेषज्ञहरुले उत्तर कोरियाले भित्रभित्रै छिमेकी देशहरुसँग स्वास्थ्य सामाग्रीको सहयोग गर्न अपील गरिरहेको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया