हेर्नुहोस् २०७७ साल वैशाख ३ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ वैशाख ०३ गते । बुधवार । इ.स.२०२० अप्रिल १५ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

वैशाख कृष्णपक्ष । तिथी– अष्टमी,२१ बजेर ११ मिनेट उप्रान्त नवमी । नक्षत्र– उत्तराषाढा,२५ बजेर ०७ मिनेट उप्रान्त श्रवण । योग– सिद्ध,२१ बजेर ३३ मिनेट उप्रान्त साध्य ।

करण– वालव,०९ बजेर १० मिनेट उप्रान्त कौवल,२१ बजेर ११ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा वज्र योग । चन्द्रराशि–धनु ,०६ बजेर ३० मिनेट उप्रान्त मकर ।

काठमाडौंमा सूर्योदय ६ बजेर ४१ मिनेटमा, सूर्यास्त १८ बजेर २८ मिनेटमा । दिनमान ३१ घडी ५६ पला । बुधाष्टमी व्रत। गोरखकाली पूजा। भक्तपुरमा व्रह्माणी यात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा घाटा लाग्नेछ ।

माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाई लेखाईमा राम्रो प्रगती गर्न सकिनेछ । खोज तथा अनुुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

धर्म संस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । व्यापारमा घाटा लाग्नेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ ।

सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

अथितीको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ ।

स्रोत साधन जुटाउँदै काम गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ ।

आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यवसायमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ ।

अध्ययन तथा अध्यापनबाट भनेजस्तो नतिजा नआउन सक्छ । तरपनि सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ ।

सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैयाँ कमाउन सकिनेछ । मिहेनतले प्रतिस्पर्धीहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ ।

शत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मीहरुलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ ।

पढाई लेखाईमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

पढाई लेखाईमा ध्यान नदिँदा अरुभन्दा पछि परिनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तीको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?