एकैपटक किन छाडे कुमारी बैंकका २ डेपुटी सीइओसहित २८ जनाले जागिर ?

काठमाडौं । आकर्षक भीएसआर प्याकेज (स्वेच्छिक अवकाश प्याकेज) पाइने भएपछि कुमारी बैंकका दुई डेपुटी सीइओसहित २८ उच्च कर्मचारीले जागिर छाडेका छन् ।

जागिर छाड्नेमा बैंकका उच्च तहका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी सहित कम्पनी सचिव नरेन्द्र छतकुली, बरिष्ठ प्रबन्धक राजेश श्रेष्ठ, डिपोजिट हेड रेना रिजाल तथा सिपा रेग्मी कर्पोरेट कम्युनिकेशन हेडले समेत गोल्डेन ह्यान्डसेक गर्दै जागिर छोडेको बैंकले जनाएको छ ।

बैंक अधिकारीका अनुसार बैंकबाट जागिर छाड्नेहरुले २ वर्षको तलब बराबरको एकमुष्ट रकम पाएका छन् । उनीहरुमध्ये असिस्टेन्ट म्यानेजर र त्यसभन्दा माथिका कर्मचारीले बैंकबाट गाडीको सुविधा समेत पाउने गरेका थिए सो समेत प्रदान गरिएको बताइएको छ ।

मर्जरपछि नेपालका धेरै बैंकहरु ओभर स्टाफिंगको समस्या छन् अर्को तिर विभिन्न संस्था बाट आएका कर्मचारी कर्मचारी बीचको मनमुटाब र असमझदारी पनि धेरै बैंक हरुमा नयाँ समस्या को रुपमा देखिदैँ आएको छ । आकर्षक भीएसआरको प्रचलन अब सायद अन्य बैंकमा पनि लगातर देख्न पाइने सम्भावना बढेर गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?