काठमाडौं । कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई पनि गलाएको छ ।
कोरोनाको महामारीका कारण अत्याधिक प्रभावित देशको सूचीमा अमेरिका नै पहिलो नम्बरमा पर्दछ । अमेरिकामा संक्रमित र मृतकको आँकडा दिन-प्रतिदिन बढीरहेको छ ।
कोरोना भाइरसका कारण अमेरिकामा यो समाचार तयार पार्दासम्म २६ हजार ४७ जनाको मृत्यु भएको छ भने ६ लाख १३ हजार ८८६जनालाई संक्रमण भएको छ ।
अमेरिकामा दिनहुँ २ हजारको हाहारीमा मानिसहरुको मृत्यु भईरहेको छ । कोरोनाको प्रकोप बढेकोले महामारीबाट त्रस्त बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई ठूलो कारवाही गरेका छन् ।
उनले ‘डब्ल्युएचओ’लाई अमेरिकाले दिईरहेको ‘फन्डिङ’ नदिने घोषणा गरेको हुन् । रिसले चुर भएका ट्रम्पले ‘डब्ल्युएचओ’ले चीनको पक्ष लिएको आरोप लगाउँदै अमेरिकाले दिएको ‘फन्ड’ रोक्ने निर्णय गरेका हुन् ।
संगठनले चीनको पक्ष लिएको आरोप लगाउँदै उनले ‘डब्ल्युएचओ’ले चीनबाट फैलिएको कोरोना भाइरसलाई गम्भीरताका साथ नलिएको र चीनको आँकडा लुकाएको आरोप लगाएका हुन् ।
उनले भने, ‘डब्ल्युएचओले नै चीनको वास्तविक जानकारी लुकाएर विश्वमा यो हालत बनाएको हो, संसारलाई सहि आँकडा दिन नसकेको कारण सारा विश्व अहिले महामारी भोग्न बाध्य भएको छ, युएनको संस्थालाई सबैभन्दा धेरै ‘फन्ड’ दिने अमेरिकाले अब विचार गर्छ ।’
अमेरिकाले गएको वर्ष विश्व स्वास्थ्य संगठनलाई ४०० मिलियन डलर दिएको थियो ।
‘डब्ल्युएचओ’का महानिर्देशक टेड्रोस हदहानोम गेब्रेयससले केहि दिन अगाडि एकअर्कालाई आरोप र प्रत्यारोप लगाउँदैमा महामारी नरोकिने बताएका थिए ।
ट्रम्पले ‘डब्ल्युएचओ’ले कोरोना भाइरसलाई अझै पन गम्भीरताका साथ लिन नसकेको आरोप लगाएका छन् ।
उनले चीनमा जुन समय भाइरस तीव्र गतिमा फैलिएको थियो, त्यहि बेलामा पनि ‘डब्ल्युएचओ’ले राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले चीनबाट फैलिएको उक्त भाइरसलाई युएनको यो संस्थाले विश्वलाई यसको वास्तविकता लुकाएको आरोप लगाएका छन् । यो भन्दा अगाडि पनि ट्रम्पले ‘डब्ल्युएचओ’विरुद्ध चीनको पक्ष लिएको आरोप लगाएका थिए ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया