काठमाडौं । बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्नै युट्युब च्यानल बीइंग सलमान खान खोलेर आफ्ना फ्यानहरु माझमा आउने बताएका छन् ।
कोरोना भाइरसको महामारीले लकडाउनमा घरमै रहेका फ्यानहरुसँग जोडिनका लागि नयाँ युट्युव च्यानल खोल्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
आफ्ना फ्यानहरुसँग नजिकबाट जोडिने भन्दै उनले यस्तो निर्णय गरेको बताईएको छ । युट्युबबाट प्रत्यक्ष लाइवमा जोडिने भएपछि फ्यानहरु उत्साहित बनेका छन् ।
उनले आफ्नो च्यानलबाट लकडाउनमा आफ्नो नीजि जीवनका हरेक पल दर्शकहरुलाई शेयर गर्नेछन् ।
एजेन्सीकोे सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया