काठमाडौं । हालै गरिएको एक अध्ययनले एयर कन्डिसनरबाट पनि कोरोनाको संक्रमण फैलिन सक्ने औंल्याएको छ । ‘एयर कन्डिसनरबाट आउने शक्तिशाली हावाले एक व्यक्तिको मुख वा नाकबाट निस्कने तरल पदार्थलाई अर्को व्यक्तिसम्म पु-याउन भूमिका खेल्नसक्छ,’ गोन्जाओ शहरमा गत जनवरीको अन्त्यमा गरिएको अध्ययनले भनेको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र, गोन्जाओका लागि जियानयुन लुले गरेको अध्ययनले रेस्टुरेन्टमा टेबुलहरुबीचको दूरी बढाउनुपर्ने र संक्रमणको जोखिम कम गर्न भेन्टिलेशनको अवस्था सुधार गर्नुपर्ने सुझाव पनि दिएको छ । दक्षिणी चीनको एक रेस्टुरेन्टमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।
एकै रेस्टुरेन्टमा खाना खाएका तीन परिवारका सदस्यमध्ये १० जना संक्रमितमा अध्ययन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया