बाबुराम भट्टराईको कटाक्ष- ‘पूर्व प्रधानमन्त्रीहरु पानीमाथिको ओभानो बन्न मिल्दैन्’ !

काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफुहरु पूर्व प्रधानमन्त्रीको हैसियतमा समस्या उठाएर मात्र पानीमाथिको ओभानो बन्न नहुने बताएका छन् ।

उक्त कुरामा आफु सधै सचेत रहेको कुरामा जोड दिएका छ्न । तिनै कुराहरुको समाधानतिर लाग्नका लागि आफुले सधै उठाउने गरेको विभिन्न ४ वटा मागहरु पुरा नभएसम्म ती कुराहरु दोहोर्याइरहने बताएका छन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल, चुनावी खर्च राज्यद्वारा लगायतका मागहरु रहेका बताएका छन् । बुधवार एक ट्वीट गर्दै डाक्टर भट्टराईले भनेका छन्,  “पूर्व प्रमको नाताले मैले समस्या मात्र उठाएर पानीमाथिको ओभानो बन्न मिल्दैन भन्नेमा सचेत छु।”

बाबुराम भट्टराईसँग सम्बन्धित यी सामाग्री पढ्नुभएको थियो ?

बाबुरामको नयाँ वर्षको शुभकामना – ‘डबल ७७ महा उथलपुथलकारी हुनसक्छ’ !

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिए सरकारलाई सुझाव – ‘महामारीसँग यसरी लडौँ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?