बलिउडका यी १० अभिनेताले एउटा फिल्मबाट कति लिन्छन् पारिश्रमिक ?

काठमाडौं । बलिउड स्टार्सहरुले एउटा फिल्म खेलेको कति पारिश्रमीक लिन्छन् ? यो जान्ने चाहाना नभएका मानिस सायदै होलान् ।

किनभने अधिकांश दर्शक तथा फ्यानहरुलाई आफ्नो आइडलले एउटा फिल्ममा काम गरेको कति पारिश्रमिक लिन्छन् होला भन्ने चासो हुन्छ ।

हरेक कलाकारहरु फिल्म हिट भएलगत्तै आफ्नो पारिश्रमिक पनि बढाउने गर्दछन् । तर फिल्म फ्लप भयो भने उनीहरु आफ्नो पारिश्रमिक घटाउने पक्षमा हुँदैनन् ।

सफलताको श्रेय आफू लिन्छन् र असफलताको दोष अन्यलाई देखाउछन् । तर आज हामी तपाईहरुलाई बलिउडका १० चर्चित स्टार्सहरुले एउटा फिल्ममा काम गरेको कति पारिश्रमीक लिन्छन् भन्ने बारेमा जानकारी दिनेछौँ ।

१०. रणवीर सिंह

बाजीराव मस्तानी भन्दा पहिला रणवीर सिंह ३ देखि ५ करोड रुपैयाँमा काम गर्दथे । तर बाजीराव मस्तानी, पद्यावत र सिम्बाको सफलतासँगै उनले एउटा फिल्ममा काम गरेको आफ्नो परिश्रमिक बढाएर १५ देखि १८ करोड रुपैयाँ लिने थालेका छन् ।

९. वरुण धवन

बलिउडका अर्का चर्चित अभिनेता वरुण धवन केहि महिना अगाडिसम्म ५ देखि ७ करोड रुपैयाँ एउटा फिल्ममा काम गरेको लिने गर्दथे । तर अब भने उनले आफ्ना पारिश्रमिक बढाएर १५ देखि १८ पुर्याएका छन् ।

८. रणवीर कपूर

रणवीर कपूरका फिल्महरु एक पछि अर्को फ्लप हुँदै गएपनि उनी आफू भने फ्लप भएका छैनन् । सञ्जुमा काम गर्नुपूर्व रणवीर २० देखि २५ करोण रुपैयाँ लिने गर्दथे तर फिल्म सञ्जुमा काम गरेपछि उनले आफ्नो पारिश्रमिक ३० करोड पुर्याएका छन् ।

७.अमिताभ बच्चन

बलिउड महानायक अमिताभ बच्चनको उमेर लगभग ७५ को नजिक पुगेपनि नयाँ अभिनेताहरु भन्दा उनको फि एकदमै धेरै रहेको छ । फिल्ममा रोललाई हेरेर उनको फि निर्धारण हुने गर्दछ । उनी एक फिल्ममा आफ्नो रोलको १२ देखि १५ करोड रुपैयाँ पर्दछ ।

६. रितिक रोशन

थोरै फिल्ममा मात्र काम गर्न रुचाउने रितिक रोशन एउटा फिल्ममा काम गरेको ३० देखि ४० करोड रुपैयाँ लिने गर्दछन् ।

५. अजय देवगन

अजय देवगन फिल्मको बजेटलाई हेरेर मात्र आफ्नो फि तोक्ने गर्दछन् । उनले एउटा फिल्ममा काम गरेको ३० देखि ४० करोड रुपैयाँ लिने गर्दछन् ।

४.अक्षय कुमार

बलिउड चर्चित अभिनेता अक्षय कुमार एउटा फिल्ममा काम गरेको ४० देखि ४५ करोड रुपैयाँ लिने गर्दछन् । उनले फिल्म हिट भयो भने झनै धेरै फि लिने गरेका छन् । जोली एलएलबी २ बाट उनले ५५ करोड रुपैयाँ लिएका थिए । एअरलिफ्टमा भने उनले थोरै मात्र फि लिएका थिए ।

३. आमिर खान

आमिर खानले माग्ने हो भने फिल्म नर्माताहरु उनलाई आफ्नो फिल्ममा काम गरेको बापत ५० देखि ६० करोड सम्म दिन तयार हुन्छन् । तर उनी फिल्म चलिसकेपछि त्यसको कमाई हेरेर मात्र आफ्नो फि लिने गर्दछन् ।

दंगलमा उनले १५० करोड रुपैयाँसम्म लिएका थिए । आफ्नो फिल्म हिट हुने कुरामा उनी विश्वस्त छन् । त्यसैले उनी फिल्मको नाफाबाट कमिसन लिने गर्दछन् । धेरैजसो फिल्ममा उनी निर्मातासँग पार्टनरशिप गर्दछन् ।

२. शाहरुख खान

शाहरुख खानले फिल्ममा काम गर्दा उनको पारिश्रमीकमा घटबड भई नै रहन्५ । उनी करण जाहौर तथा आदित्य चोपडका फिल्ममा आफ्नो पारिश्रमिक नतोकी कनै काम गर्दन् ।

अन्य फिल्महरुमा भने उनी ४० देखि ४५ करोड रुपैयाँसम्म लिने गर्छन् । शाहरुख पनि निर्मातासँग पार्टनरशिप गरेर कमिसन लिन्छन् ।

१. सलमान खान

सलमान खान पनि निर्मातासँग पार्टनरशिप गरेर कमिसन लिने गर्दछन् । उनले फिल्ममा ७० प्रतिशन देखि ८० प्रतिशतसम्म लगानी गरेका हुन्छन् ।

सुल्तानमा उनले १०० करोड भन्दा धेरै कमाएका थिए । रेस ३ ले बक्स अफिसमा कमै रुपैयाँ कमाए पनि सलमानले भने त्यसबाट १०० करोड भन्दा धेरै कमाएका थिए ।

उनी अधिकांश फिल्ममा काम गरेको ६० करोड भन्दा धेरै पारिश्रमीक लिने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?