लकडाउनमा सवारी पास मागेको माग्यै, प्रशासन वितरण नै बन्द गर्याे !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण कार्य बन्द गरेको छ । पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उल्लंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।

कार्यालयका अनुसार परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बोहक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने स्पष्ट पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?