लकडाउनका बेला ‘वाइन’ सकिएपछि यी वृद्धाले अपनाइन अनौठो तरिका

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यसबेला सारा विश्व लकडाउन भएको छ । त्यसैले सबै घरमै कैद भएर बसेका छन् ।

यस्तो बेलामा घरमा बसेर खानका लागि एक महिलले वाइन मगाउने अनौठो तरिका अपनाएकी छन् ।

क्यानडाको ओनटारियो बस्ने यी ८२ वर्षकी महिलाले वाइन सकिएपछि लकडाउनमा घरमा बसेर खानका लागि अनौठो तरिका अपनाएकी हुन् ।

उनले लकडाउनमा घरबाट निस्किन नमिलेको भन्दै एक साइन बोर्डको प्रयोग गरेकी छन् ।

उनले एक साइन बोर्डमा मलाई वाइन चाहियो लेखेर घर बाहिर रखिदिए पछि सामाजिक सञ्जालमा अहिले उक्त तस्वीर अत्याधिक भाइरल बनिरहेको छ ।

उनकी छोरी क्याली आमालाई भेट्न जाँदा आमाले उक्त कुरा लेखेर राखेको देखेपछि आश्चर्यमा परेकी थिइन् । क्यालीले नै आमाको तस्विर सोसल मिडियामा शेयर गरेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?