काठमाडौं । सरकारले नेपाली पैसा छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिएको हो ।
चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले टेन्डरमार्फत सो जिम्मेजारी पाएको हो ।
अव सो कम्पनीले १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्नेछ ।
यसरी निष्काशन गरिन्छ नयाँ नोट, केरमेट गरे जेल र जरिवाना
एकछिन गम्भिर भएर सोच्नुहोस त , साच्चै हामीले प्रयोग गर्ने नोट कहाँ र कसरी छापिन्छ होला ? अनि हामीले मह्ङगा महङ्गा बस्तु खरिद गर्नको लागी चाहिने पैसा बनाउनको लागी चाँही कति खर्च हुन्छ होला ? र हेर्दा कागज जस्तो देखिने एक विषेश कागज चाँही किन त्यति महत्वपुर्ण भएको होला ?
कसरी छापिन्छ त नयाँ नोट ?
हामी सबैलाइ कौतुहलताको विषय बन्ने गरेको कुरा हो नयाँ नोट छपाइ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ५२ अनुसार नोट निष्काशन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको छ । यसै अनुसार बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्न सक्छ । नोट निष्काशन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, छपाइ गर्ने व्यवस्था समितिले निर्णय गरेबमोजिम हुन्छ ।
राष्ट्र बैङ्कले नोट छाप्नुपूर्व ग्लोबल टेण्डर आह्वान गरेर प्राविधिक र आर्थिक पक्ष सबल रहेको कम्पनीलाई नोट छाप्ने कामको जिम्मा दिइन्छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अधिकारीहरुका अनुसार कुनै पनि देशमा के उत्पादन हुन्छ रु रोजगारीको अवस्था कस्तो छ ? उत्पादन भएका वस्तु कति मात्रामा निर्यात हुन्छ रु सेवा र बस्तुको व्यापारबाट कतिको कमाई हुन्छ भन्ने आधारमा अर्थतन्त्रको आकार तय हुन्छ । त्यही अर्थतन्त्रको आधारमा मुद्राको मूल्य निर्धारण भएको हुन्छ ।
नोट छाप्नको लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ । सरकारले सुन, विदेशी सरकारहरुको सुरक्षा ‘सेक्यूरेटीज’खरिद गरेको हुन्छ । यस्तो सेक्युरेटीमा लगानी गर्दा त्यसको ब्याज पनि पाइन्छ । चाहिएको बेलामा लगानी तुरुन्त फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पति हो । यीनै तत्वहरु समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजनिक गर्नुपर्ने हो त्यस बरावरको सम्पती हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ ।
यसरी तयार पारिएको कागजात र राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनको आधारमा आवश्यकताको आधारमा नोट छापिन्छ । त्यसरी छापिने नोटमा ६ अङ्कको नम्बर राखिएको हुन्छ । ६ अङ्कको नम्बर राखी ‘अ १’ बाट नोट छाप्न शुरू गरी ‘अ १००’ सम्म पुर्याइन्छ । यसको आवश्यकताअनुसार ‘क’ देखि ‘ज्ञ’ सम्म नम्बरसमेत राखी नोट छाप्ने काम गरिन्छ ।
यस्तो कागजातको नियमन गर्ने सबैभन्दा विश्वसनीय निकाय सोही देशको सरकार हो । बैंकको पनि बैंक मानिने राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि ती कागजातको रखेदेख गरिरहेको हुन्छ ।
छापिएको नोटको ‘प्रिफेक्स नम्बर’ चलनचल्तीमा ल्याएको सूचना राष्ट्र बैङ्कले जारी गरेपछि मात्र नयाँ नोटको मान्यता हुन्छ । समितिको राय लिई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै बैङ्क नोट कुनै तोकिएको ठाउँ वा अड्डाबाहेक अन्यत्र नचल्ने गराउन सक्छ ।
राष्ट्र बैङ्कमा गभर्नरसहितको विज्ञ सम्मिलित नोट डिजाइन समिति रहेको हुन्छ । नोट डिजाइन गरी राष्ट्र बैङ्कको बोर्डबाट स्वीकृति गराएपछि मन्त्रिपरिषद्मा पेश गरिन्छ । स्वीकृत भएको नोटमा गभर्नरको हस्ताक्षर स्क्यान गरेर राखी नोट छाप्ने काम गरिन्छ । बैङ्कद्वारा कानूनी ग्राह्य बनाई निष्काशन गरिएको नोट नेपालभित्र सबै किसिमको सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्न सर्वस्वीकार्य हुने नेपाल राष्ट्र बैङ्क ऐनको दफा ५३ मा व्यवस्था गरेको छ ।
यसैबिच नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानून बनेको छ ।
आजबाट नयाँ नोट सटही शुरु, तस्वीरमा जे देखियो
नयाँ नोट फोहोर बनाउनेलाइ राष्ट्र बैंकले कारबाही गर्ने (सूचनासहित)
फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध संहिता० ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो । उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया