गृह मन्त्रालयको निर्देशनमा कपिलवस्तुमा थालियो अनुगमन

शम्भू माली कपिलवस्तु । जिल्लाको सुरक्षा संयन्त्रको टोलीले कपिलवस्तुको तौलिहवा, डुमरा, पचेहरा लगायतका स्थानमा रहेका सामुहिक भेला जम्मा हुने धार्मिक सार्वजनिक स्थलको अनुगमन गरेको छ ।

गृह मन्त्रालयले दिएको निर्देशनका आधारमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल नेतृत्वको टोलीले बढि भिडभाड र जमघट हुने क्षेत्रहरु मन्दिर, मस्जिद, मदरसा र चर्चको स्थलगत अनुगमन गरेको छ ।
टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखको सहभागीता रहेको छ । धार्मिक स्थानमा भिडभाड नगर्न तथा

घरमै बसेर पुजा, प्रार्थना र नवाज पढन टोलीले निर्देशन दिएको छ । तौलिहवाको तौलेश्वरनाथ मन्दिरबाट अनुगमन शुरु गरेको जिल्लाको टोलीले मायादेवी गाँउपालिकाको समेत गरी दुई मन्दिर, ४ मदरसा र १ चर्चको अनुगमन गरेको थियो ।

जिल्ला स्थित सुरक्षा प्रमुखको टोलीले जिल्ला भित्र कोरोना संक्रमणबाट बच्नका लागी बढि भिडभाड हुने धार्मिक सार्वजनिकस्थलको अनुगमन गर्नुका साथै मातहतका निकायलाई अनुगमन गर्न निर्देशन दिएको शसस्त्र प्रहरी बल नम्बर २८ गण कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए ।

कुनै पनि धार्मिक सार्वजनिकस्थलमा सामुहिक भेला, जम्मा हुने तथा भिडभाड गर्ने कार्य हुन नदिन जिल्लाभरका धार्मिक सार्वजनिकस्थलको अनुगमन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?