कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

काठमाडौं । कोरोना भाइरसको महामारीले अहिले सारा विश्व ग्रस्त छ । अहिलेसम्म विश्वमा १ लाख २७ हजार ५८७ जनाको ज्यान गएको छ भने २० लाख १३ हजार ९१८ जनालाई संक्रमण भएको छ ।

वैज्ञानिकहरु लामो समय देखि कोरोना भाइरसको औषधि बनाउन लागि परेका छन् । अब भने वैज्ञानिकहरुमा पनि केहि आश पलाएको छ ।

अक्सफोर्ड युनिभर्सिटीका भ्याक्सीनोलोजी डिपार्टमेन्टकी प्रोफेसर साराह गिल्बर्ट र उनको टिमले कोरोना भाइरसको भ्याक्सिन बनाउने बताएका छन् ।

सारहाले भनिन्, ‘अबको १५ दिन पछि हाम्रो टिमले कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानिसमा परिक्षण गर्नेछ, यो भ्याक्सिनले ८० प्रतिशतसम्म काम गर्नेमा म ढुक्क छु ।’

यदि यो भ्याक्सिन परिक्षणमा कोरोनाविरुद्ध लड्न सक्ने ठहरियो भने सरकारले अवश्य नै फन्ड दिनेमा आफू ढुक्क रहेको पनि उनले बताइन् ।

उनले भनिन् ‘सायद हामी यो भ्याक्सिन सेप्टेम्बरसम्ममा तयार गरिसक्नेछौँ ।’

कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधि नबनुन्जेल सबैले सोसल डिस्टेन्सिङ र सुरक्षित उपायहरु अपनाईराख्न पनि उनले सुझाएकी छन् ।

प्रोफेसर साराहले भनिन्, हामीले तयार गर्दै गरेको भ्याक्सिन कोरोनाविरुद्ध लड्नको लागि सफल हुनेमा ढुक्क रहेको उनले बताईन् ।

साथै उनले भ्याक्सिनको ट्रायल छिटै शुरु हुने पनि बताएकी छन् । उनले भनिन्, ‘लकडाउनका कारण ट्रायल गर्न समस्या भईरहेको छ, कोरोना तीव्र गतिमा फैलिरहेकोले हामीले चाँडै यसविरुद्धको औषधि बनाउने छौँ ।’

 एजेन्सीको सहयोगमा 

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?