सनसिटी अपार्टमेन्टका तीनमध्ये एकको रिपोर्ट नेगेटिभ

काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीनजनामध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यसअघि दुई जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तीन दिनअघि आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा तीन जनामा पोजेटिभ पाइएको थियो ।

त्यसपछि पुनः टेकुमा परीक्षण गर्दा दुई जनामा मात्रै कोरोना पुष्टि भएको छ ।

यस्तै बेलायतबाट आएका ती परिवारकहाँ काम गर्ने दुई जनाको पनि नमुना परीक्षणका लागि स्वाब पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?