पोखरामा राष्ट्रियसभाको मतगणना सकियो

पोखरा, २४ माघ – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा २२९ जनाले मतदान गरेका छन् बिहान १० बजे शुरु भई अपराह्न ३ बजेसम्म चलेको मतदानमा मनाङका प्रदेशसभा सदस्य राजीव गुरुङबाहेक सम्पूर्णले मतदान गर्नुभएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालल सुवेदीले जानकारी दिनुभयो लोकसेवा आयोगको क्षेत्रीय कार्यालमा भएको मतदानमा स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षका लागि एक र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको थियो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्ष गरी १७० र प्रदेशसभा सदस्य ६० गरी २३० मतदाता रहनुभएको थियो मतदान सम्पन्न भएपछि मतगणना गर्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो यसप्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कुल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक÷एक जना) रहेकामा अपाङ्गतर्फबाट प्रकाश पन्थ निर्विरोध भइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?