सनसिटीको कोरोनापछि काठमाडौं महानगरमा खैलाबैला, सबै पदाधिकारी जोखिममा !

काठमाडौं । राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका दुई जनामाथि कोरोनाको संक्रमण पुष्टि भएपछि अर्थमन्त्री युवराज खतिवडामाथि प्रश्न उठेको छ । उनी लक डाउन घोषणा भएकै दिन सो अपार्टमेन्टमा पुगेको तथ्य खुलेपछि उनीमाथि पनि कोरोनाको परीक्षण हुनुपर्ने र झूट बोलेर किन लापरबाही गरे भन्दै उनीमाथि प्रश्न उठिरहेको हो ।

यहीबीचमा काठमाडौं महानगरपालिकामा समेत सनसिटीसँगै जोडिएको एक केसले हंगामा हुन पुगेको छ ।

सनसिटी अपार्टमेन्टमा भेटिएका कोरोना संक्रमितसँग महानगरपालिकाकाका ५ नम्बर वडाध्यक्ष सम्पर्कमा पुगेको थाहा भएपछि हंगामा भएको हो । ती संक्रमितसँगै वडाध्यक्ष सम्पर्कमा रहेयता काठमाडौं महानगरपालिकाको दुई पटक बोर्ड बैठक बसिरहेको छ । अहिले आएर उनी सम्पर्कमा आएको खुलेसँगै सबै जनप्रतिनिधि जाखिममा परेका हुन् ।

अहिले कतै अन्य ती वडाध्यक्षमा संक्रमण सरेन ? र अन्यमा पनि फैलियो कि भन्ने त्रास फैलिएको हो । त्रासकै बीच महानगरका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालालाई ¥यापिड टेष्टका लागि आग्रह गरिसकेको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

यो सँगै काठमाडौं महानगरपालिका सबै पदाधिकारीहरुको कोरोना ¥यापिड टेष्ट गरिनेछ ।

वडाध्यक्षसँग उनीहरु वडा कार्यालयमा जन्म दर्ता गर्न गएको र त्यसबेला केही कुराकानी भएको वडाध्यक्षले बताएका छन् । वडाध्यक्षमा अहिलेसम्म संक्रमणको कुनै लक्षण भने नदेखिएपनि स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

प्रवक्ता डंगोलले भने–‘संक्रमणको पोजिटिभ रिर्पोट देखिएका ब्यक्तिले गत चैत ९ वडा कार्यालयमा जन्म दर्ता गराएको बुझिएको छ । भेट भएको नै २३ दिन भइसकेको छ । अहिलेसम्म वडाको साथीहरुलाई त्यस्तो लक्षण केही पनि देखिएको छैन । तैपनि टेष्ट गराउने भन्ने कुरा भएको छ ।

यता राजधानीको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामध्ये एक जनाको रिपोर्ट समेत नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि दुई जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

गत चैत पाँच गते बेलायतबाट आएका आमा, छोरा र बुहारीमा तीन दिनअघि आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

जसमध्ये, प्रयोगशालामा गरिएको परीक्षणबाट आमा र छोरालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने बुहारीमा भाइरसको संक्रमण नदेखिएको हो ।

ती परिवारकहाँ काम गर्ने दुई जनाको पनि नमुना परीक्षणका लागि स्वाब पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए । परिवारकै अर्का सदस्यलाई पुष्टि नभएको सन्दर्भमा वडाध्यक्षलाई सरे नसरेको यसै भन्न सकिँदैन । तैपनि सुनिश्चितताका लागि सबैको टेस्ट गर्न लागिएको हो । आजै अपार्टमेन्टका २९६ जनाको नमुना टेस्ट गर्दा सबैको नेगेभिट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?