अर्थमन्त्रीको सनसिटी ‘कन्फ्युजन’, के गएनन् त छोरालाई बधाई दिन !

काठमाडौं । काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका २ जनामा कोरोना संक्रमण देखिएसँगै यतिबेला सबैतिर तरङ्ग फैलिएको छ । कोरोना संक्रमित पाइएका व्यक्तिहरुले गरेको भेटघाट तथा सनसिटीमा पुगेका व्यक्तिहरुका कारण पनि संक्रमणको जोखिम थप हुनसक्ने आँकलन गरिएको छ ।

यसैबीच अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडा पनि उक्त अपार्टमेनटमा पुगेको खुलेको छ । अपार्टमेन्ट भित्रकै मानिसहरुले दिएको सूचनाको आधारमा अर्थमन्त्री खतिवडा पनि त्यहा पुगेको खुलेको हो । खतिवडा गत चैत ११ गते नै अपार्टमेन्टमा पुगेका थिए । साथै सनसिटीमा प्रवेशको लागि राखिएको रेकर्डमा पनि खतिवडाको नाम उल्लेख रहेको जनाइएको छ । अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडासमेत सोही अपार्टमेन्टमा बस्दै आएका छन् । उनैलाई भेट्नको लागि अर्थमन्त्री त्यहाँ पुगेका थिए ।

खतिवडा मात्र होइन उक्त अपार्टमेन्टमा अन्य नेताहरु, कलाकार तथा विशिष्ट व्यक्तिहरु समेतको बसोबास रहेको छ । सोही अपार्टमेन्टमा कोरोनाको आशंकामा परीक्षण गरिएका ३ मध्ये २ को रिपोर्ट पोजेटिभ आइसकेको छ । भने १ जनाको नेगेटिभ आएको छ ।

गत चैत ८ गते उक्त अपार्टमा भएको अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनाव भएको र तिलक सचिवमा निर्वाचित भएका थिए । र जो कोरोना संक्रमित भनेर आज उपचार गराईरहेका संक्रमित समेत त्यहि उपस्थित रहेका थिए ।

अर्थमन्त्री खतिवडा समेत छोरालाई बधाई दिन त्यहा पुगेका थिए । तर अर्थमन्त्रालयको स्रोतले भने त्यहाँ नगएको दाबी गर्दै आएको छ । त्यसपछि पनि अर्थमन्त्री खतिवडा उच्चस्तरीय देखि विभिन्न बैठकमा गैसकेका छन् ।

जसका कारण माथिल्ला निकायका व्यक्ति तथा भेटघाट र केही अन्तर्वार्तामा समेत उपस्थिती रहेको कारण जोखिम बढेर जानसक्ने कतिपयको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?