रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

काठमाडौं । डाक्टरहरु बारम्बार चेतावनी दिईरहेका छन् कि, कोरोना भाइरसबाट बच्नको लागि अनुहार नछोऔँ । तर हामी अन्जानमै भएपनि बारम्बार आफ्नो नाक, कान, मुख, आँखामा हातले छोईराख्छौँ ।

नचाहँदा नचाहँदै पनि हाम्रो हात अनुहारमा गईरहेका हुन्छ । अझ विज्ञानले अनुहार छुनु मानिसका लागि स्वभाविक प्रतिक्रिया भएको बताएको छ । विज्ञान भन्छ, हामी हरेक घण्टामा २३ पटक आफ्नो अनुहारका बिभिन्न अंग, आँखा, कान, नाक र मुखमा छुने गर्दछौँ ।

यस कारणले नै अहिलेसम्म अधिकांश मानिसहरुमा कोरोनाको संक्रमण भएको शोधबाट पत्ता लागेको छ । यो कुराको खुलासा अमेरिकी डा. न्यान्सी सी. एल्डर, डाक्टर विलियम पी. सायर र अष्ट्रेलियाकी डा.म्याक्लाव्सले आफ्नो अध्ययनमा धेरैजसो कोरोना संक्रमित व्यक्ति हातले अनुहार छुँदा भएको पत्ता लगाएका हुन् । तीनैजना डा. फेस टचिङमा स्टडी गरिरहेका छन् ।

हामीलाई अनुहारमा छुन हुँदैन, छोयो भने कोरोनाको खतरा छ भन्दा भन्दै पनि किन अनुहारमा हात पुर्याइरहन्छौँ ? यस बारेमा मनोवैज्ञानिकहरु भन्छन्, यदि कसैलाई पनि कुनै पनि काम गर्नबाट रौक्यो भने त्यसलाई त्यहि काम गरिरहन मन लाग्छ ।

उसको दिमाग नचहँदा नचाहँदै पनि त्यो काम गर्न थाल्छ । त्यसैले सानै दखि लागेको बानी हटाउन धेरै कठीन हुने गर्दछ । त्यसैले मानिसहरुले यस्तो बानी छोड्न सक्दैनन् ।

१ घण्टामा १९ पटक अनुहार छुने गरिन्छ

पोर्टल्याण्डस्थित ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीमा फेमिली मेडिसनकी प्रोफेसर डा. न्यान्सी सी एल्डर भन्छिन्, आँखा, कान र नाक छुनु मानिसको सबैभन्दा नराम्रो लत हो ।

आँखा मिच्नु, नाक चलाउनु, गाला तथा निधारमा हातले छुनु यो नराम्रो बानीमा पर्दछ । डा. न्यान्सीले आफ्ना क्लिनिक स्टाफहरुमध्ये ७९ जनालाई २ घण्टाका लागि एउटा कोठामा राखेकी थिइन् ।

उक्त अध्ययनमा उनले १ घण्टामा ति मानिसहरुले १९ पटक आफ्नो अनुहार छोएको पत्ता लागेको थियो ।

तर सिड्नीस्थित साउथ वेल्स विश्वविद्यालयमा महामारी तथा संक्रमण विषयका प्रोफेसरले सन् २०१५ का फेस टचिङ नामको एक स्टडी गरेका थिए ।

स्टडी गर्ने डाक्टर म्यारी लुईस भन्छिन्, ‘मेरो रिपोर्ट कोरोनाको यस घडीमा आएर काम लागेको छ । मैले यो रिपोर्ट २६ विद्यार्थीहरुको आधारमा तयार गरेकी थिएँ, जसमा विद्यार्थीहरुले एक घण्टामा २३ पटकसम्म आफ्नो अनुहार छोएका थिए ।’

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

 थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?